Uncategorized

आइसोलेशनमा बसिरहेकी आमालाई झ्यालबाट हेर्दै छोरा !

आइसोलेशनमा बसिरहेकी आमालाई झ्यालबाट हेर्दै छोरा !

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका वडा नं १ मा कारोना सङ्क्रमण देखिएर होम आइसोलेशनमा बसिरहेकी आफ्नी आमालाई झ्यालबाट हेर्दै एक बालक । तस्वीर – प्रकाश मिश्र, रासस

नेपालमा पछिल्लो २४ घण्टामा थप ४८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ​८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा पीसीआर ४७७४ र एन्टिजेन १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना संक्रमित थपिएका हुन् ।पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन् ।

यो पनि – भारतमा दाह संस्कारका लागि ठाउँको अभावः पार्कमै अन्त्यष्टी गर्न थालियो शव

नयाँ दिल्ली – कोरोनाबाट तिब्र रफ्तारमा मानिसको मृत्यु भइरहेको छ। जसका कारण भारतको राजधानी दिल्लीमा दाहसंस्कारका लागि ठाउँको अभाव हुन थालेको छ ।

शवको चाप बढेपछि अस्थायी शवदाह गृह बनाउन थालिएको छ । महामारीको दोस्रो लहर बढेसँगै मृतकको संख्या पनि लगातार बढ्दै गएको छ । सोमबार दिल्लीमा मात्र ३६० जनाको मृत्यु भएको थियो । भने भारतभर हालसम्मकै बढी ३ हजार जनाको मृत्यु भएको थियो ।

मेडिकल अक्सिजन, इन्टेसिभ केयर युनिट बेड र जीवन रक्षक औषधिको आपूर्तिले धान्न सकिरहेको छैन । केही दिन यता भारतमा संक्रमणको १० लाखभन्दा बढी मामिला प्रकाशमा आएको छ ।

सोमबार तीन लाख ५२ हजार ९९१ नयाँ संक्रमित थपिएका थिए भने मंगलबार यो संख्या तीन लाख २३ हजार १४४ रह्यो ।

यसका साथै भारतमा एक करोड ७० लाख जना अहिलेसम्म कोरोनाबाट संक्रमित भइसकेका छन् । यो महामारीले भारतमा एक लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ ।

एनडिटिभी न्यूज च्यानलको एउटा रिपोर्टअनुसार गत साता कम्तीमा पनि एक हजार एक सय ५० जनाको मृत्यु दिल्ली सरकारको रेकर्डमा सामेल भएको छैन । अन्य सहरमा पनि यस्ता खोजी रिपोर्ट प्रकाशमा आएका छन्, जहाँ सरकारी तथ्यांकभन्दा कयौं बढी संक्रमित र मृतक रहेको दावी गरिएको छ ।

अन्त्येष्टि गर्ने ठाउँका कर्मचारीहरु रातदिन काम गरिरहेका छन् । उनीहरु शोक सन्तप्त परिवारहरुलाई मद्दत गरिरहेका हुन्छन् भने दाहसंस्कारका लागि दाउरा जुटाउने, चिता बनाइदिने गरिरहेका हुन्छन् ।

दिल्लीमा पार्किङ्ग, पार्क र खाली मैदानलाई पनि अन्त्येष्टि स्थलका रुपमा प्रयोग गर्न माग भइरहेको छ । धेरै परिवारले आफ्नो परिवारका सदस्यको अन्तिम संस्कारका लागि घण्टौंसम्म प्रतीक्षा गर्नु परिरहेको छ ।

दिल्लीको सराय काले खान शवदाह स्थलमा शवको अन्तिम संस्कारका लागि २७ वटा नयाँ प्लेटफर्म बनाइएको छ । सोही ठाउँ नजिकैको पार्कमा ८० वटा त्यस्ता प्लेटफर्म बनाइएको छ ।

सराय काले खानमा पहिला एकसाथ २२ वटा शवमात्र जलाउन मिल्थ्यो । सो शवदाह स्थलका एक कर्मचारीले हिन्दू अखबारलाई जनाएअनुसार बिहानदेखि आधा रातसम्म लगातार काम गर्नुपरिरहेको छ ।

गाजीपुरको शवदाह स्थलमा पार्किङ गर्ने ठाउँमा २० अतिरिक्त प्लेटफर्म बनाइएको छ । इन्डियन एक्सप्रेस अखबारसँग कुरा गर्दै त्यहाँका एक कर्मचारीले बताएअनुसार यति धेरै शव आउन थालेको छ कि, थप प्लेटफर्म बनाउन आवश्यक देखिएको छ ।

प्रत्येक शव पूर्ण रुपमा जल्नका लागि ६ घण्टा समय लाग्छ । मानिसहरु आफ्नो परिवारका मृतकको अन्त्येष्टिका लागि तीन/चार घण्टासम्म पालो कुरेर बस्नु परिरहेको छ ।

दिल्लीका अन्य शवदाह स्थलको अवस्था पनि यस्तै गम्भीर छ । कोरोना संकटसँग जुधिरहेका मानिसलाई मद्दत गर्ने गैर सरकारी संस्था ‘सेन्टर फर होलिस्टिक डेभलपमेन्ट’ का प्रमुख सुनील कुमार अलेदियाका अनुसार सहरका केही शवदाह स्थलमा सुविधा विस्तारका लागि ठाउँ नै छैन ।

शवदाह गृहको माग यसैगरी बढ्दै जाने देखिन्छ । दुई करोड जनसंख्या भएको सहरमा अस्पताल भरिभराउ छन् भने मेडिकल अक्सिजनको आपूर्ति कम देखिन्छ । सहरका कम्तीमा दुई अस्पतालमा अक्सिजन आपूर्ति अवरुद्ध भएपछि बिरामीहरु मृत्युवरण गर्न बाध्य भएका थिए । यस्तो अवस्थामा एम्बुलेन्सले पनि धान्न सकेन ।

अस्पतालमा बेड पाउन मुस्किल, बेड पाएको अवस्थामा पनि बिरामीलाई अस्पतालसम्म कसरी लैजाने भन्ने समस्या । कयौं मानिसले त यस्तै प्रतीक्षामा मृत्युवरण गर्न पुगे ।

सामाजिक सञ्जालमा सहयोग माग्नेको ताँती लागेको छ । कोही अक्सिजन सिलिन्डरका लागि सहयोग मागिरहेका छन् भने कोही आइसियू बेड मागिरहेका छन्, कसैलाई जीवनरक्षक औषधि चाहिएको छ ।

यहाँसम्म कि, दिल्लीमा कोरोना परीक्षणको क्षमता पनि दबाबमा आएको छ । यस्तोमा कयौं मुलुकले भारतलाई सहयोगको हात बढाएका छन् । कसैले अक्सिजन पठाइरहेका छन् भने कसैले भेन्टिलेटर ।
बीबीसी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७