राजनीति

गण्डकी प्रदेशसभामा खैलाबैलाः जनमोर्चाका सांसद अनुपस्थित

गण्डकी प्रदेशसभामा खैलाबैलाः जनमोर्चाका सांसद अनुपस्थित

पोखरा – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा बुधबार गण्डकी प्रदेशसभामा मतदान हुँदैछ । अपराह्न साढे ४ बजे सुरु हुने बैठकमा मतदान गर्ने कार्यसूची छ ।

तर प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला भएको छ । प्रदेशसभा सदस्य खिमबिक्रम शाही प्रदेशसभा परिसरमा देखिएका छैनन् ।

उनी सम्पर्कविहीन भएको माओवादी केन्द्रका प्रदेशसभा सदस्य दीपक कोइरालाले जानकारी दिए । स्वतन्त्र संसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि अनुपस्थित छन् ।

अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको जनमोर्चाका शाही अनुपस्थित भए अविश्वासको प्रस्ताव फेल हुन सक्छ । यो सँगै यतीबेला प्रदेशसभामा खैलबैला मच्चिएको छ ।

यो पनि – गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशका तीन जना सांसद र एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सभामुख नेत्रनाथ अधिकारीले ३ सांसद र एक कर्मचारीलाई संक्रमण भएको पुष्टि गर्दै प्रदेश सभाको बैठक भने प्रभावित नहुने बताए ।

‘संसद बैठक निर्धारित समयमै सुरु हुन्छ, माननीयलाई बोल्न दिने, मत हाल्न दिने हिजो नै सहमति भएको हो,’ सभामुख अधिकारीले भने, ‘कोरोना देखिँदैमा संसदको कार्यसूची तलमाथि नहुने बताए ।

गण्डकी प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ । पीसीआर परीक्षणविना प्रदेशसभाको बैठक बसाइएको भन्दै मंगलबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।

विपक्षी सांसदहरुको समावेदनको आधारमा गण्डकीको विशेष अधिवेशन मंगलबारबाट सुरु भएको थियो । विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाइने छ ।

अविश्वास प्रस्तावमा विहीबार मतदानको तयारी छ । प्रदेशसभा सचिवालयले संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने जनाएको छ ।कोरोनासंक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशको राजधानी पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७