स्वास्थ्य

कोरोनासँग लड्न खानुस् किवीको जुस, यस्ता छन् फाइदा !

कोरोनासँग लड्न खानुस् किवीको जुस, यस्ता छन् फाइदा !

किवी फल स्वादिलो हुन्छ र स्वस्थकर पनि । गर्मीमा किवीको जुस बनाएर पिउँदा इम्युनिटी बढ्छ र रोगबाट प्रतिरक्षा हुन्छ ।

यसमा भएको भिटामिन सी, ई, के, फोलेट, पोटेसियम, एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल गुणले कोरोना लगायतका भाइरल संक्रमणबाट बचाउँछन् ।

– किवीको जुस यसरी बनाउनुस् ।

किवी चारवटा
चिनी दुई सानो चम्चा
पानी दुई कप
नून स्वादअनुसार

पहिला किवी धोएर बोक्रा हटाउनुस् ।
अब त्यसलाई काटेर चिनी र पानीका साथ ब्लेन्ड गर्नुस् ।

अब त्यसलाई जालीले छान्नुस् । अब गिलासमा राख्नुस् । त्यसमा नून र बरफ हालेर चिसै पिउनुस् ।

फाइदा
कोरोना, डेंगु र मलेरियामा शरीरका प्लेटलेटहरू कम हुने खतरा रहन्छ । किवीको जुसले रगत प्लेटलेट बढाउने काम गर्छ । अनि यसले इम्युनिटी बूस्ट भएर रोग लाग्न दिँदैन ।

– किवीमा म्याग्नेसियम र पोटेसियम हुनाले यसको सेवन गर्दा रक्तचाप नियन्त्रणमा रहन्छ । मुटुरोग हुन दिँदैन ।

– आँखालाई स्वस्थ राख्नका लागि नियमित रूपमा किवीको जुस पिउनुपर्छ । यसले आँखाको तेज बढाउँछ ।

– कब्जियतको समस्या भएकाहरूले किवीको जुस अवश्य पिउनुपर्छ । यसमा भएको पोषक तत्त्व र एन्टीअक्सिडेन्टले पाचनशक्ति बढाउन सहायता गर्छ ।

– यसले मोटोपन पनि घटाउँछ । शरीरमा जमेको अतिरिक्त बोसो घटेर सुडौल बनिन्छ ।

यो पनि – लकडाउनको बेला कुन-कुन पसलहरु खोल्न पाइन्छ ?

काठमाडौं उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीले वैशाख १६ गते बिहानदेखि २२ गते राति १२ बजेसम्म लकडाउन जारी गरेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जारी गरेको सूचनाअनुसार खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्वन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने निर्णय भएको छ ।

खाद्य सामग्रीहरुका पसल व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खुल्ला गर्न पाइने छ ।

डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन हुनेछन् । खाद्य सामग्री, ग्रोसरी पसल,औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७