अन्तर्राष्ट्रिय

भारतमा पहिलो पटक एक दिनमै कोरोनाबाट ३ हजार बढीको मृत्यु

भारतमा पहिलो पटक एक दिनमै कोरोनाबाट ३ हजार बढीको मृत्यु

भारतमाएकैदिन कोरोनाभाइरसका ३ हजार बढी संक्रमितले ज्यान गुमाएका छन्।

टाइम्स अफ इन्डियाका अनुसार पहिलो पटक मंगलबार भारतभरि ३ हजार २ सय ८६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट २ लाख १ हजार १ सय ६ जनाको ज्यान गएको छ।

कोरोनाबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउनेमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ। त्यहाँ ५ लाख ७२ हजार मानिसको मृत्यु भएको छ। दोस्रो नम्बरमा ब्राजिलमा ३ लाख ९२ हजार र तेस्रो नम्बरमा मेक्सिको २ लाख १५ हजार जनाको मृत्यु भएको छ।

कोरोनाबाट २ लाख बढी नागरिकको मृत्यु हुनेको भारत चौंथो मुलुक बनेको छ।

भारतमा संक्रमण तीव्र रूपमा बढिरहेकाले मृत्युदर पनि बढ्नेछ। मंगलबारमात्र भारतमा एकैदिन ३ लाख ६२ हजार संक्रमित थपिएका छन्। पछिल्ला सात दिनदेखि भारतमा हरेक दिन ३ लाख बढी संक्रमित थपिएका छन् भने २ हजार बढी मानिसले ज्यान गुमाएका छन्।

अझ कतिपय विज्ञहरूले भारतमा सरकारी तथ्यांकमा देखाएभन्दा धेरै नै मानिसहरूको कोरोनाबाट मृत्यु भएको दाबि गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७