Breaking

पोखरामा एउटै रुखमा युवा युवती झुन्डिएको अवस्थामा ‘मृत’ फेला

पोखरामा एउटै रुखमा युवा युवती झुन्डिएको अवस्थामा ‘मृत’ फेला

पोखरा- पोखरामा रुखको हाँगमा झु-न्डिएको अवस्थामा दुई जना मृत फेला परेका छन् ।

अन्दाजी ३०/३१ वर्षको युवा तथा अन्दाजी २८/२९ वर्षकी युवती पोखरा महानगरपालिका १८ स्थित कफी घारीमा ‘मृत फेला’ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार बिहान पोखरा वडा नम्बर १८ को जङ्गलमा कल्छेको रुखमा झु-न्डिएको अवस्थामा उनीहरू मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृतकहरूको पहिचान खुलिसकेको छैन। अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो पनि – कलंकी केन्द्र बनाएर भूकम्प

काठमाडौं । काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको छ । मंगलबार राति १ बजेर ५९ मिनेटमा कलंकी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ ।

भूकम्पको मापन ३.५ म्याग्नेच्यूडमा गरिएको छ । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७