समाचार

लकडाउनको बेला कुन-कुन पसलहरु खोल्न पाइन्छ ?

लकडाउनको बेला कुन-कुन पसलहरु खोल्न पाइन्छ ?

काठमाडौं उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीले वैशाख १६ गते बिहानदेखि २२ गते राति १२ बजेसम्म लकडाउन जारी गरेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जारी गरेको सूचनाअनुसार खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्वन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने निर्णय भएको छ ।

खाद्य सामग्रीहरुका पसल व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खुल्ला गर्न पाइने छ ।

डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन हुनेछन् । खाद्य सामग्री, ग्रोसरी पसल,औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।

यो पनि- पशुपति पछि पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द

कोरोना भाइरसकोसङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ । पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य पूजापाठलगायतका सम्पूर्ण क्रियाकलाप बन्द गरेको हो ।

नगरपालिका प्रमुख महेश खरेलले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को स-ङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेको र मठमन्दिरमा दर्शनार्थीको भिडले कोरोना स-ङ्क्रमणको जोखिम अझै बढ्ने सम्भावना भएकाले नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समितिको यही वैशाख १० गते बसेको निर्णयानुसार सर्वसाधारणलाई दर्शन र पूजापाठ गर्न बन्द गरिएको बताए ।

मन्दिरमा नियमित नित्य पूजा भने निरन्तर चल्ने उहाँले बताउनुभयो । पञ्लाञ्चोक भगवती मन्दिरलगायत नगरपालिकाले नगरभित्रका अन्य मठमन्दिरमा समेत सर्वसाधारणलाई अर्को सूचना नभएसम्मका लागि पूजा र दर्शन गर्न बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७