समाचार

होस्टेलमा किशोरीको मृत्यु प्रकरण: विद्यालयले १० लाख क्षतिपूर्ति दिने

होस्टेलमा किशोरीको मृत्यु प्रकरण: विद्यालयले १० लाख क्षतिपूर्ति दिने

रुपन्देहीको तिलोत्तमा–१ मा रहेको प्यारामन्ट बोर्डिङ हाई स्कूलको होस्टलमा गत शनिबार मृत्यु भएकी छात्राको परिवारलाई विद्यालयले १० लाख क्षतिपूर्ति दिने भएको छ ।

ज्यान गुमाउने १५ वर्षीया प्रतिभा सापकोटा गुल्मीको चन्द्रकोट गाउँपालिका–८ साबिक तुराङ्ग गाबिसको धुर्मु घर भएकी कक्षा १० मा अध्ययनरत थिइन् ।

बोर्डिङका सह–प्रिन्सिपल लिलाधर किरातेका अनुसार विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले सापकोटा होस्टेलमा नै थिइन् । उनको छाती दुख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर घर पठाइएको तर उपचारका क्रममा मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको थियो । क्रिमशन अस्पतालले सापकोटाको बाटोमा नै मृत्यु भएको बताएको थियो ।

विद्यालयको लापरबाहीका कारण सापकोटाको निधन भएको उनको परिवारको आरोप छ । सापकोटाका ठूलो बुवा दधिराम सापकोटाले आइतबार राति १२ बजेसम्म भएको छलफलमा विद्यालयले लापरबाही स्विकार गर्दै १० लाख तिर्न र विद्यालय हाताभित्र उनको शालिक स्थापना गर्न सहमत भएको जानकारी दिए ।

सो रकमबाट मृ-तक प्रतिभाको गाउँ गुल्मी तुराङ्गस्थित विद्यालयको शैक्षिक विकासका लागि अक्षयकोष स्थापना गरिने उनको परिवारले जानकारी दिएका छ ।

दधिराम सापकोटाका अनुसार एसईई परीक्षाको तयारीका लागि भन्दै प्रतिभासहित ६ जना छात्राहरुलाई दुई महिनाअघिदेखि होस्टलमा राखिएको थियो ।

प्रतिभाको मृत्यु भए लगतै प्रिन्सिपल दामोदर भुसाललाई भगाइएको र राति बोर्डिङका अध्यक्ष पूर्णबहादुर सापकोटासहितको टोली छलफलमा बसेर गल्ती स्वीकार गरेको सापकोटाले बताए ।

प्रतिभाका बाबु डोलनाथ सापकोटा र माता लक्ष्मी सापकोटा जापानमा छन् ।
प्रेम सुनार / राताेपाटी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७