मनोरञ्जन

बिहेपछि झनै ‘बोल्ड’ आँचल [फोटो फिचर]

बिहेपछि झनै ‘बोल्ड’ आँचल [फोटो फिचर]

पोखरा- नेपाली चर्चित लोकप्रिय नायिका हुन् आँचल शर्मा । उनकाे प्रेमिदेखि बिवाहसम्म निकै चर्चा भयाे । उनले गतबर्ष डा. उदिप श्रेष्ठसँग बिहे गरेकी हुन् । उनको बिवाहले पनि निकै चर्चा पाएको थियो ।

उनका कैयन फ्यानले सोचेका थिए आँचल पल शाहकी प्रेमीका हुन् भन्ने । तर आँचलले पल एउटा मिल्ने साथी मात्रै भएको भन्दै प्रेमी डा उदिप श्रेष्ठसँग धुमधामसँग विबाह गरिन् ।

आँचलले केहि पहिला एक टेलिभिजनमा अन्तर्वार्ता दिन जाँदा उनले लगाएको लुगाले धेरैको ध्यान खिचेको छ । रातो रङको कटिङवाला गाउन लगाएर उनी वर्षा शिवाकोटीसँगै सोमा देखिएको भिडियोले राम्रै चर्चा पायो ।

बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चने गरेकोमा आँचलले भने आँफु झनै ‘बोल्ड’ रुप दर्शकलाई देखाइरहेकी छन् र उनले केहिसमय अघि बिहे पछि जस्ताे सुकै कपडा लगाउदा काेहि कसैले केहि भन्लान् भन्ने ड-र हुदैन समेत भनेकि थिइन् ।

त्यस्तै पछिल्लो समय पनि उनले समाजिक संजालमा बोल्ड लुकमा केहि तस्बिर शेयर गरेकी छिन् । जहाँ उनि मन्द मुस्कानमा निकै सुन्दर देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७