विचित्र संसार

रुखमा रहस्यमय जनावर देखे, सहरका सबै डराए, जब वास्तविकता खुल्यो….

रुखमा रहस्यमय जनावर देखे, सहरका सबै डराए, जब वास्तविकता खुल्यो….

पोखरा- पोल्याण्डमा एक रहस्यमय जनावरले मानिसहरुमा त्रास फैलायो । यो अनौठो र रहस्यमय जनावर एउटा रुखमा थियो ।

जनावरलाई देखेपछि त्यहाँका मानिसहरु निकै डराए । २ दिनसम्म त्यहाँका मानिसहरुले त्यो जनावर घरभित्र पस्न सक्ने त्रासले घरको झ्याल पनि खोल्न हिम्मत गरेनन् । तर, जब यसको वास्तविकता खुल्यो त्यसपछि भने मानिसहरुले टाउको ठोकेर हाँसे ।

युरोन्यूजकाअनुसार यो रहस्यमय जनावर भनिएको चीज खासमा क्रोसेन्ट थियो । क्रोसेन्ट एक प्रकारको पाउरोटी हो । पोल्याण्डको क्राको सहरमा यो रहस्यमय जनावर देखिएको भन्दै पशु कल्याण अधिकारीहरुलाई बोलाइएको थियो ।

यो कथित जनावरलाई सबैभन्दा पहिले एक महिलाले देखेकी थिइन् । त्यसलगत्तै पूरै क्षेत्रमा त्रास फैलियो तर जब त्यसको वास्तविकता खुल्यो, मानिसहरु हाँस्न थाले ।

यो पनि – मासुबाट भन्दा अत्यधिक प्रोटिन पाइने ७ खानेकुरा !

अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन शरीरका लागि लाभदायक हुने पाइएको हो ।

यस्ता खानेकुरामा मासुबाट प्राप्त हुने प्रोटिनभन्दा धेरै गुणा बढी प्राप्त हुने अनुसन्धानले देखाएको हो । जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो ।

आखिर ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् त ? यस्ता खानेकुरामा मासुबाट प्राप्त हुने प्रोटिनभन्दा तीन गुणा बढी प्राप्त हुने अनुसन्धानले देखाएको हो ।

ओखर
ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ ।
यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ ।

काजु
काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो,
१६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त मात्रामा पाइन्छ ।

अन्जीर-
अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको
सेवनले कब्जियत, एनिमिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दु’खाइ, थाइराइड तथा पा’इल्सजस्ता धेरै समस्याबाट टाढा राख्दछ । यसले शरीरलाइ तागत दिन्छ ।

देशी बदाम-
यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा
भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुनाले बदाम मुटुका लागि समेत लाभदायक मानिन्छ ।

किसमिस-
किसमिसको सेवनले र’क्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु, पित्त तथा
कफसम्बन्धी तीनै दोषको निवारण गर्छ । यो मुटुका लागि पनि राम्रो छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।

पेस्ता-
पेस्ता स्वास्थ्यका लागि उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर,
फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ ।

बदाम-
१०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५
प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७