मुख्य समाचार

छात्रावासमा बसेकी १५ बर्षिया प्रतिमाको मृत्यु

छात्रावासमा बसेकी १५ बर्षिया प्रतिमाको मृत्यु

११ वैशाख, बुटवल – रुपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्दै आएकी एक छात्राको उपचारका क्रममा मृत्यु भएको छ ।

तिलोत्तमाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको मृत्यु भएको हो ।ज्वरो र पेट दुख्ने समस्या देखिएकी उनलाई शनिबार परिवारका सदस्यले मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि लगेका थिए । अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भयो ।

मृ-तकका दाजु प्रकाश सापकोटाले बहिनीलाई दुईदिनदेखि ज्वरो आएपनि समयमै उपचार नगराउँदा मृत्यु भएको दाबी गरे । ‘हामीलाई कोभिड–१९ सं-क्रमणकै कारण मृत्यु भएको शंका छ’ प्रकाशले भने ।

छात्राको मृत्युपछि विद्यालयले होस्टेलमा रहेका विद्यार्थीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गराएको छ । तर रिपोर्ट आइनसकेको विद्यालयका सहायक प्रिन्सिपल एलडी किराँतले बताए । उनका अनुसार छात्रावासमा प्रतिमासँगै ५० जनाभन्दा बढी विद्यार्थी थिए ।

प्रतिमाको मृत्युपछि केही विद्यार्थी र अभिभावकले विद्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका थिए ।

यो पनि – हलेशी दर्शनको लागि दर्शनाथी चढेको बस दुर्घटना, सह-चालकको मृत्यु

खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको दर्शनार्थी बोकेको बा ३ ख ९२८५ नम्बरको बस शनिवार बिहान दुर्घटना हुँदा सिन्धुपाल्चोकका अन्दाजी १८ वर्षीय सह–चालक अनिल तामाङको मृत्यु भएको हो । प्रहरीका अनुसार तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कनेक्रममा दर्शनार्थी बोकेको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घटनामा परेको थियो । सडकको घुम्ती पुग्न लाग्दा पल्टिएको बस अन्दाजी २० मिटर तल सडकमै अड्किएको थियो । बस दुर्घटनामा २२ जना घा-इते भएका छन् ।

घाइते हुनेहरूमा सप्तरी कञ्चनरुप नगरपालिका–१२ का ७५ वर्षीय सिता नेपाल, ३८ वर्षीय रमा नेपाल, १४ वर्षीय निश्चल नेपाल, कोपिला नेपाल, ४१ वर्षीय प्रमिला सुरखेती, सन्तलक्ष्मी बस्तिहर, ४२ वर्षीय होम श्रेष्ठ, १५ वर्षीय रमा श्रेष्ठ, बसका चालक ४२ वर्षीय रबिन्द्र ठकुरी, १५ वर्षीय प्रजिता नेपाल, ३५ वर्षीय गिता श्रेष्ठ, ४० वर्षीय बिमला पोखरेल, ३८ वर्षीय उर्मिला श्रेष्ठ छन् ।

त्यस्तै ६० वर्षीय लिला श्रेष्ठ, ५५ वर्षीय सुद्धीदेवी महतो, १८ वर्षीय सरिता श्रेष्ठ, ४० वर्षीय भिमा विश्वकर्मा, ६० वर्षीय कुलमान विश्वकर्मा, ३२ वर्षीय दिनेश गहतराज, ५० वर्षीय टेक श्रेष्ठ, ४५ वर्षीय उर्मिला श्रेष्ठ र ४१ वर्षीय प्रमिला श्रेष्ठ पनि घाइ-ते भएका छन् । त्यसमध्ये ९ जना गम्भीर घाइते छन् ।

कतिपय घाइतेलाई स्वास्थ्य चौकी बाहुनीडाँडा र च्यास्मीटारका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेको उद्धारका क्रममा घटनास्थल पुगेका स्थानीय देवराज केसीले बताए । बसमा चालक र सह–चालक सहित ३५ जना सवार थिए । घाइतेलाई उपचारका लागि उदयपुरको कटारी पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

स्थानीय, प्रहरी चौकी च्यास्मीटार र इलाका प्रहरी कार्यालय हलेसीका प्रहरीले घा-इतेको उद्धार गरेका थिए ।

प्रकाशित मिति : April 24, 2021
SPONSORED CONTENT
Mgid
Mgid

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७