अन्तर्वार्ता

अब नेपालमा ‘गाँजा विश्वविद्यालय’ खोल्नुपर्छ : पुर्वमन्त्रि केशव स्थापित

अब नेपालमा ‘गाँजा विश्वविद्यालय’ खोल्नुपर्छ : पुर्वमन्त्रि केशव स्थापित

काठमाडौं : प्रदेश नम्बर तीनका पूर्वमन्त्री तथा नेकपाका नेता केशव स्थापित खुला र उनी आफ्ना विचार निर्धक्क खुलेर राख्ने गर्छन । उनले पछिल्लो समय गाँजालाई वैज्ञानिक तरिकाले खेत गर्ने र त्यसबाट फाइदा लिनु पर्ने धारणा राख्दै आएका छन् ।

उनले आफूले गाँजाको बारेमा अहिले आएर नभई १०-१२ वर्ष अगाडिबाटै बोल्दै आएको बताए । अमेरिकाको विभिन्न स्टेटहरूले गाँजालाई फुकुवा गरेको, व्यवसायियक रूपमा उत्पादन, प्रोसेस गरेर औषधि बनाउनुका साथै गाँजैको रूपमा पनि बेचिरहेको, कोकले पनि गाँजा युक्त कोक उत्पादन गरेको उदाहरण दिँदै गाँजा वैज्ञानिक तरिकाले अनुसन्धान गर्नका लागि गाँजा विश्वविद्यालय, गाँजा विद्यालयका साथै ट्रेनिङ सेन्टर प्रोसेसिङ सेन्टर, फार्मेसी खेल्नु पर्ने बताएका छन ।

गाँजालाई सही तरिकाले प्रयोगमा ल्याउन सक्यो भने हामी विभिन्न देशका दूतावासमा गएर एम्बुलेन्स देऊ, औषधि देऊ, पुस्ताकलय देऊ भनेर हात फैल्याउन नपर्ने यसरी देशले एउटा विषयलाई लिएर अगाडि बढ्यो भने भविष्यमा दुईवटा मात्रै वाइडबडी विमान होइन ३० औँ वाइडबडी किन्न सक्ने क्षमता राख्ने बताए ।

जनतालाई पैसा बाँडेर नभई उनीहरू आफैँले के काम गर्न सक्छन् भन्ने कुरालाई निक्योल गरेर त्यसका लागि वातावरण सृजना गर्नु पर्ने उनको भनाई छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal