विशेष सामाग्री

मरिचमान सिंह यस्ता प्रधानमन्त्री, जो राजनीतिबाट अलग बसे तर देश बेचेनन् !

मरिचमान सिंह यस्ता प्रधानमन्त्री, जो राजनीतिबाट अलग बसे तर देश बेचेनन् !

सल्यानको खलङ्गा बजारमा जन्मिएका मरिचमान सिंह श्रेष्ठ आफ्नो राजनीतिक कालमा हार्डलाइनर पञ्चको रुपमा चिनिन्थे।

उनी सन् १९८६ देखि १९९० सम्म झण्डै चार वर्ष नेपालका प्रधानमन्त्री बने। सिंहको प्रधानमन्त्री कालमा देशले लामो भारतीय नाकाबन्दी खेप्नु पर्यो ।

भारत नेपाललाई झुकाएर आफ्नो इसारामा नचाउन खोज्ने, तत्कालीन प्रभानमन्त्री मरिचमान र दरबार भारतका सामु नझुक्ने भएका कारण नेपालको तत्कालीन सरकारलाई अप्ठ्यारोमा पार्नका लागि भारतले आर्थिक नाकाबन्दी लगायो । भारतको नाकाबन्दीका विरुद्धमा निडर प्रधानमन्त्री सिंह झुकेनन् बरु सत्ताच्यूत गरिए ।

भारतका सामु मरिचमान नझुक्दा उनको राजनीतिक यात्रा त असहज भयो तर उनको देशभक्ति झनझन् जनमानसका अगाडि आयो । नेपालको आन्तरिक मामिलामा बढ्दो भारतीय र अन्य विदेशी हस्तक्षेपले मरिचमानको व्यक्तित्व र चरित्रलाई अझ माथि उठाइदियो ।

२०४६ सालमा भारतले लगाएको आर्थिक नाकाबन्दी समक्ष नझुकेका र भारतले पठाएका गोप्य दस्तावेजमा अपारदर्शी रुपले हस्ताक्षर गर्न नमानेका कारण उनको राजनीतिक जीवनलाई समाप्त पार्ने काम गरियो । त्यसबेला मरिचमानले लिएको राष्ट्रिय अडान नेपाली राष्ट्रवादको मानक हुन सक्छ । उनले राष्ट्रिय स्वाभिमान जोगाउन खेलेको भूमिको चर्को मूल्य तिर्नुपर्यो ।

०६२ –०६३ को राजनीतिक परिवर्तन पछि मरिचमानलाई अपहेलना गर्न जति तरिका निकालियो त्यति नै तरिका भारतलाई खुशी पार्न निकालियो ।

मरिचमानलाई सिंगो देशले अपमान गर्नु पर्ने कुनै कारण थिएनन् । भारतका कट्टर विरोधी मरिचमानलाई अस्तित्वविहीन पार्दा भारत खुसी हुने भ्रममा थिए, नेपालका दलहरु । उनका पंचायतकालीन साथीहरु कुनै न कुनै दलको पुच्छर समातेर भारतको दलाली गर्न लागे तर मरिचमान बरु एक्लिए भारतको गुलामी गरेनन् ।

मरिचमानलाई जीवनभर त अपमान गरियो गरियो मरेपछि पनि उनको राष्ट्रवादी छविसंग डराउनेहरुले अपमान गर्न छोडेनन् । पूर्वप्रधामन्त्रीले पाउने सेवासुविधा खोसिएका मरिचमानको अन्तिम श्रद्धाञ्जलीमा राजकीय सम्मान नदिएर भारतलाई खुशी पार्ने अर्को मौका छोपे दलहरुले ।

मरिचमानको अपमान नेपालका दलहरुको् हैसियतले मात्र भएको छैन् । दिल्ली अर्थात ‘र’ को आदेशमा उनको अपमान भएको थियो । भारतसंग राष्ट्रियताको टकराव गर्नेहरुको अवस्था यस्तै हुन्छ भन्ने सन्देश दिनका लागि मरिचमानमाथि भारत लागिपर्यो ।

मरिचमान अहिले हाम्रा माझ छैनन् तर उनको राष्ट्रवाद झनझन् खोजिन थालिएको छ । मरिचमान राष्ट्रप्रति कति संवेदनशील थिए भारतीय नाकाबन्दीको प्रति उनी रत्तिभर अत्तालिएका थिएनन् भन्ने अनेक दृष्टान्तहरु त्यो समयलाई भोग्नेहरुसंग छन् ।

उनलाई राजनीति गर्न त्यति सजिलो थिएन । हकि, निडर उनी बरु राजनीतिबाट अलग्ग बसे तर देश बेचेनन् ।

वि.सं २०४५ ताका मित्रराष्ट्र भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । उक्त समय नेपालले चीनसँग केही एन्टी एयरक्राफ्ट गन किन्न चाहेको थियो। तर भारतलाई यो मन पर्ने कुरै भएन। तैपनि किन्ने निर्णय भयो। अनि लगाइयो पारवाहन सन्धि नवीकरण नभएको नाममा नाकाबन्दी।

भारतले केहि बर्ष अघि भुटानमा त्यहाँका नेताले चिनियाँ नेताहरुलाई भेटेपछि चुनावको मुखमा पेट्रोलियम पदार्थमा अनुदान कटौति गरेर विपक्षी नेताले चुनाव जितेपछि अनुदान फेरि लागू गरेको घटनालाई रिफरेन्सका रुपमा हेर्न सकिन्छ। पारवहन सन्धि जनआन्दोलनपछि बहुदलवादीहरुको सरकार बनेलगत्तै भएको थियो।

-नेपालीओल्डफोटोजअफनेपालबाट

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७