धर्म/ संस्कृति

आज कामदा एकादशीः यो एक कार्य अवश्य गर्नुहोस, आँटेको पुग्नेछ

आज कामदा एकादशीः यो एक कार्य अवश्य गर्नुहोस, आँटेको पुग्नेछ

पुराणहरूमा कामद एकादशीका प्रसङ्गमा एउटा कथा प्राप्त हुन्छ । प्राचीनकामा भोगीपुर नामक एउटा नगर थियो । त्यहाँ अनेक ऐश्वर्यले युक्त पुण्डरीक नामको एउटा राजा राज्य गर्थ्यो ।

भोगीपुर नगरमा अनेक अप्सरा, किन्नर तथा गन्धर्व वास गर्दथे । तीमध्ये एक ठाउँमा ललिता र ललित नामका दुई स्त्री-पुरुष अत्यन्त वैभवशाली घरमा निवास गर्दथे । ती दुबैमा अत्यन्त स्नेह थियो, यहाँसम्म कि सानो बिछोड भए पनि दुवै व्याकुल हुने गर्दथे ।

एक पटक बार गीत गाउँदा सङ्गीतमा कुनै त्रुटि भएका कारण कार्कोट नामक नागले ललित गन्धर्वलाई राक्षस हुने सराप दिए । ललित त्यसै क्षण महाकाय विशाल राक्षस हुन पुग्यो । जब उसकी प्रियतमा ललितालाई यो वृत्तान्तको जानकारी भयो उसलाई अत्यन्त खेद भयो र ललिता शृङ्गी ऋषिका आश्रममा गएर विनीत भावपूर्वक प्रार्थना गर्न थाली ।

“हे गंधर्वकन्या! अब चैत्र शुक्ल एकादशी आउन लागेको छ, जसको नाम कामद एकादशी हो । यस व्रतलाई पालना गर्नाले मनुष्यका सम्पूर्ण कार्य सिद्ध हुने

त्यसलाई देखेर शृङ्गी ऋषिले भन्नुभयो “हे सुभगे! तिमीको हौ र यहाँ के प्रयोजनले आएकी हौ ?” ‍ ललिताले भनी “हे मुने ! मेरो नाम ललिता हो। मेरा पति कार्कोट नामक नागको श्रापबाट विशालकाय राक्षस भएका छन् ।

या सी कारणले म असाध्यै दुखी छु । मेरा पतिको उद्धारको कुनै उपाय बताउनुहोस् । शृङ्गी ऋषिले आज्ञा गर्नुभयो “हे गंधर्वकन्या! अब चैत्र शुक्ल एकादशी आउन लागेको छ, जसको नाम कामद एकादशी हो । यस व्रतलाई पालना गर्नाले मनुष्यका सम्पूर्ण कार्य सिद्ध हुने गर्दछन् ।

यदि तिमीले कामद एकादशीको त्यसको पुण्यको फल आफ्ना पतिलाई समर्पण गरेमा तिम्रो पति शीघ्र नै राक्षस यो निबाट मुक्त हुनेछन् र कार्कोट नामक नागको श्राप पनि अवश्यमेव शान्त हुनेछ ।

ललिताले मुनिको आज्ञालाई अक्षरशः पालन गरिन र एकादशीको पतिलाई समर्पण गर्न साथ त्यसको पति राक्षस यो निबाट मुक्त भएर आफ्नो पुरानो स्वरूपमा रूपान्तरित भयो ।

त्यसपछि अनेक सुन्दर वस्त्र भूषणले युक्त भई पत्नी ललिताका साथमा विहार गर्दै ती दुवै विमानमा बसेर स्वर्लोकमा पुगे । यस व्रतलाई विधिपूर्वक गर्नाले समस्त पाप नाश हुन्छन् तथा राक्षस आदि यो निबाट पनि मुक्ति पाइन्छ ।

संसारमा कामद एकादशी व्रत बराबरको कुनै अन्य व्रत छैन । यस कथालाई पढ्दा वा सुन्नाले वाजपेय यज्ञ गरे सरह फल प्राप्त हुन्छ ।

के गर्दा फलिफाप हुन्छ त ? भिडिओमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७