समाचार

सरकारी गाडीमा १७ बर्षीया किशोरी लिएर डुकु होटल पुगेका थिए गाउँपालिका प्रमुख

सरकारी गाडीमा १७ बर्षीया किशोरी लिएर डुकु होटल पुगेका थिए गाउँपालिका प्रमुख

पोखरा– किशोरीसँग होटलमा रङ्गे-हात प-क्राउ गरिएका सुनसरी भोक्राहा–नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले सरकारी गाडीको दुरुपयोग गरेको खुलेको छ।

यौ नजन्य गतिविधि क्रियाकलाप गरिरहेको अवस्था यादवलाई प्रहरीले प-क्राउ गरेको थियो। धरान–१३ भेडेटार जाने सडक किनारमा रहेको डुकु होटेलबाट यादवलाई यौ- न ज न्य काम गरिसकेपछि नि-र्वस्त्र रहेको अवस्थामा प-क्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

तत्कालीन संघीय समाजवादी नेपालबाट निर्वाचित यादवसँगै होटलमा भेटिएकी किशोरीलाई सरकारी गाडीले होटलमा छाडेपछि फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। किशोरीले यौ न जन्य क्रि-याकलाप नगरौं भन्दा ज-बरज स्ती गरेको बयान दिएकी छन्। यादवविरुद्ध ज-बरजस्ती क रणी मु-द्दाको दर्ता भएको डिएसपी बस्नेतले बताए।

बुधबार रामनवमी भएकाले सरकारी विदा थियो। विदाको मौकामा अध्यक्ष यादवले जागिर लगाइदिने प्रलो-भनमा इटहरीकी किशोरीलाई फोन गरे। फोनमै उनीहरुबीच धरान जाने सहमति भयो।

भोक्राहा नरसिंहदेखि इटहरी आउन गाडीमा करिब ४५ मिनेट लाग्छ। अध्यक्ष यादवले जागिर लगाइदिने प्रलो-भनमा ती युवतीलाई फोन गरेर गाउँपालिका कार्यालयबाट निस्किएका बताइएको छ।

अध्यक्ष यादव बुधबार दिउँसो सरकारी गाडीमा होटेल आएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।

प्रहरी पुग्दा समेत अध्यक्ष यादव नि-र्वस्त्र अवस्थामा थिए। होटेलमा अध्यक्ष यादवले किशोरीको नाम सविना र उनको नाम सलिन शाह टिपाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

‘जागिर लगाइदिने भनेर धरान घुम्न जाऔं भनी फोन गर्नुभयो, अनि होटलमा नगरौं भन्दा भन्दै ज-बरज-स्ती गर्नुभयो’, किशोरीले प्रहरीलाई दिएको बयानमा भनेकी छन्। उनी १७ बर्षिया रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७