मनोरञ्जन

१० तस्बिरमा हेर्नुहोस् ‘काउली बुढी’का ग्ल्यामर रूप

१० तस्बिरमा हेर्नुहोस् ‘काउली बुढी’का ग्ल्यामर रूप

नेपाली चर्चित हाँस्यकलाकार, माेडल तथा गायिका हुन् सन्ध्या बुढा ‘काउली बुढी’ । उनकाे नाम ‘काउली बुढी’ निकै चर्चित रहेकाे छ ।

उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनले शेयर गरेका लाेभलाग्दा तस्विर दर्शकले निकै मन पराउने गर्छन् । उनी सामाजिक सञ्जालमा निकै क्रियाशील हुन्छिन् । हालै मात्रै उनले आफ्नो इन्स्टाग्राममा केही नयाँ र तस्बिर सार्वजनिक गरेकि छिन् ।

उनी नेपाल आइडल सिजन २ मा सहभागी भएपछि चर्चाको शिखरमा पुगेकी थिइन् । चर्चित गायन रियालिटी शो नेपाल आइडलको सिजन २ मा टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी थिइन् ।

नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । उनले निरन्तर मेहनत गरिरहने हो भने भने चर्चा कमाउन धेरै समय नलाग्ने पनि प्रामणित गरेकी छन् ।

सुर्खेतकी २४ वर्षीया ‘काउली बुढी’ उर्फ सन्ध्या चर्चित लोक गायिका पनि हुन् । उनको आवाजमा २४ भन्दा बढी लोकदोहोरी गीत छन् । केही गीतमा आफैँले मोडलिङ समेत गरेकी छिन्।

‘बर्खा लायो असिनाको झरी’ ‘कि भुल्यौ र’ ,‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहरी गीतमा आवाज दिएकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी थिइन् ।

कार्यक्रम ‘इन्द्रेणी’मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रुपमा देखा परिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७