विशेष सामाग्री

आज स्व. राजा वीरेन्द्रको ७४ औं जन्मजयन्ती यसरी मनाईयो

आज स्व. राजा वीरेन्द्रको ७४ औं जन्मजयन्ती यसरी मनाईयो

काठमाडौं–
तत्कालीन राजा वीरेन्द्र शाहको आज ७४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ । जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनी प्रति विशेष श्रद्धा गर्नेहरुले शनिबार ललितपुरको जाउलाखेलस्थित वीरेन्द्रको शालिकमा माल्र्यापण गरि सम्झना गरेका छन् ।

पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डबाट राजा बिरेन्द्र लगायत रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो । दरबार हत्याकाण्ड आज सम्म पनि रहस्यमै रहेको छ ।

उनले आन्दोलन चर्किएपछि २०४६ सालमा पञ्चायती व्यवस्था हटाई प्रजातन्त्र पुनः स्थापना गर्दै आफूलाई संबैधानिक राजाको रुपमा सीमिति राखेका थिए ।
उनलाई प्रजातान्त्रिक राजाको रुपमा पनि हेर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal