मनोरञ्जन

आमा बन्दै ‘भद्रगोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ [फाेटाे फिचर]

आमा बन्दै ‘भद्रगोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ [फाेटाे फिचर]

हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’बाट एकाएक चर्चामा आएकी रक्षा श्रेष्ठ बास्ताविक जीवनमा नै आमा बन्न लागेकी छिन् । दर्शकले उनको आँखा र मुस्कानको निकै तारिफ गर्छन् ।

१०० हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् ।

हाँस्य टलिश्रृङ्खला ‘भद्रगोल’ बाट उदाएकी रक्षा श्रेष्ठको सुन्दरतामा फिदा हुने निकै धेरै छन् तर भने उनी अब अामा बन्ने अबस्थामा छिन् । धेरै म्यूजिक भिडियोमा सफलतापुर्वक अभिनय गरेकी रक्षा सानो पर्दामा नै रमाइहेकी छिन् ।

उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् र उनले सार्वजनिक गरेका तस्विर र भिडियाेमा दर्शकहरुले निकै राम्राे प्रतिकृया दिरहेका हुन्छन् । भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन् । सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन । ‘मलाई रुन ठूलो कारण चाहिँदैन, त्यत्तिकै पनि आँशु आइहाल्छ’, उनी भन्छिन् ।

यसले रक्षालाई एउटा कुरामा भने फाइदा भएको छ । अभिनय गर्दा पनि उनलाई रुनका लागि ग्लीसिरिन चाहिदैन । ‘प्राय सुटिङमा म त्यत्तिकै रोइदिन्छु,’ रक्षाले भनिन् । फेशनको मामलामा उनी औधी सौखिन छिन् । पैसा भएपछि लुगा किन्न दौडिहाल्छिन् । लुगा र जुत्तामा विषेश सोख छ उनलाई ।

उनले इन्स्टाग्रामा राखेका केहि तस्विरहरुः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७