समाचार

विद्यालय बन्द गरेर पठनपाठन भर्जुअल गर्ने सरकारको तयारी

विद्यालय बन्द गरेर पठनपाठन भर्जुअल गर्ने सरकारको तयारी

काठमाडौं – कोरोना भा-इरसको दोस्रो लहर आउने आशंका बढिरहेका बेला स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पढाइलाई भर्चुअल माध्यममा लैजान आग्रह गरेका छन्।

एक टेलिभिजनसँगको कुराकानीमा मन्त्री त्रिपाठीले कोरोनाको जो-खिमलाई कम गर्न सरकारले शिक्षण संस्थामा भर्चुअल माध्यमबाट पठनपाठनको तयारी गरेको बताए।

चाँडै बस्ने कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले पढाइमा अवरोध नहुने गरि शिक्षण संस्थालाई भर्चुअल माध्यममा लैजाने निर्णय गर्ने मन्त्री त्रिपाठीले बताएका छन्।

पछिल्लो समय शिक्षण संस्थाहरु कोरोनाको हटस्पट बन्दै गएकाले सरकारले यस्तो निर्णय गर्ने तयारी गरिरहेको उनले बताएका छन्।

यो पनि – कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली हुनुका साथै देशका पहाडी तथा तराई भूभागका केही स्थानमा तुवाँलो लागेको महाशाखाको भनाइ छ। शुक्रवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि समान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन र च-ट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी तथा तराइका थोरै भूभागहरुमा तुंवालो समेत रहने सम्भावना रहेको छ।

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ काे पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघगर्जन र च-ट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी तथा तराईका केही भूभागहरुमा तुवाँलो समेत रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७