समाचार

दुई दिदीबहिनी जंगलमा ‘झुन्डिएको’ अवस्थामा ‘मृत’ फेला, घटना रहस्यमय !

दुई दिदीबहिनी जंगलमा ‘झुन्डिएको’ अवस्थामा ‘मृत’ फेला, घटना रहस्यमय !

सुर्खेत – सुर्खेतमा जंगलमा घाँस काट्न गएका दिदीबहिनी झु‘न्डि’एको अवस्थामा मृ-त फेला परेका छन् । पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनी यस्तो अवस्थामा मृ-त भेटिएका हुन् ।

१४ र १५ वर्षीया किशोरी दिदीबहिनी यस्तो अवस्थामा शुक्रबार मृ-त फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले बताए । उनकाका अनुसार उनीहरू शुक्रबार बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए । सोही ठाउँमा ११ बजे यस्तो अवस्थामा स्थानीयले देखेका थिए ।

१४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए । ‘दुवैजना कमला बादीकी दिदीका छोरीहरू….

प्रहरीले नाम नखुलाए पनि १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए । ‘दुवैजना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।

‘दुईजना बालिकाहरू आफ्नो सानीआमा कमला बादीको घरमा बसेर पढ्दै आएका रहेछन्’ घर्तीले भने, ‘बिहान घाँस का ट्न भनेर जंगल गएका उनीहरूलाई यो अवस्थामा स्थानीयहरूले देखेका रहेछन् ।’

शवलाई पोस्ट-मार्टमका लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न क्लिक गराैँ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७