धर्म/ संस्कृति

भगवान शिवको शिष्य को थिए

सप्त ऋषि नै शिवका मूल शिष्य :
- गौरब पनेरु

भगवान शिवको शिष्य को थिए

भगवान शिवको शिष्य को थिए

सर्वप्रथम शिवले नै धरतीमा सभ्यता र धर्मको प्रचार-प्रसारको प्रयास गरे त्यसैले उनलाइ ‘आदिदेव’ पनि भनिन्छ। ‘आदि’ को अर्थ प्रारंभ। शिवलाइ ‘आदिनाथ’ पनि भनिन्छ। आदिनाथ भएको कारण उनको एक नाम आदिश पनि हो। यस ‘आदिश’ शब्दबाट नै ‘आदेश’ शब्द बनेको हो। नाथ साधु जब एक-अर्कासंग भेट्दा भन्छन- आसमाधि।

शिव त जगतका गुरु हुन। पुराण अनुसार सबैभन्दा पहिला उनले आफ्नो ज्ञान ७ जनालाई दिएका थिए। उनीहरु नै पछि गएर ब्रह्मर्षि कहलाइए। यी ७ ऋषिहरुले शिवसंग ज्ञान लिएर अलग-अलग दिशाहरुमा फैलाए र संसारको कुना-कुनामा शैव धर्म, योग र वैदिक ज्ञानको प्रचार-प्रसार गरे। यी सप्त ऋषिहरुले त्यस्तो कोई व्यक्ति छोडेनन् जसलाई शिव कर्म, परंपरा आदिको ज्ञान न सिकाएको होस। आज सबै धर्महरुमा यसैको झलक देख्न्न पाइन्छ। परशुराम र रावण पनि शिवका शिष्य थिए।

शिवले नै गुरु र शिष्य परंपराको शुरुआत ‍गरेका थिए जस अनुसार आज पनि नाथ, शैव, शाक्त आदि सबै सन्तहरुमा त्यही परंपरा चल्दै आइरहेको छ। आदिगुरु शंकराचार्य र गुरु गोरखनाथले यस परंपरालाई अरु अगाडी बढ़ाए।

सप्त ऋषिहरुको नाम :
बृहस्पति, विशालाक्ष (शिव), शुक्र, सहस्राक्ष, महेन्द्र, प्राचेतस मनु, भरद्वाज यी बाहेक आठौं गौरशिरस मुनि पनि थिए। उल्लेखनीय कुरा छ कि हर कालमा अलग-अलग सप्त ऋषि भएका छन। उनीहरुमा पनि जो ब्रह्मर्षि हुन्थ्यो उनलाई नै सप्त ऋषिहरुमा गनिन्थ्यो। ७ ऋषि योगको 7 अंगको प्रतीक हुन आठौं अंग मोक्ष हो। मोक्षको लागी नै ७ प्रकारको योग गरिन्छ – यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि।

सप्त ब्रह्मर्षि देवर्षि, महर्षि, परमर्षय:।
कण्डर्षिश्च श्रुतर्षिश्च राजर्षिश्च क्रमावश:।।
अर्थात :
1. ब्रह्मर्षि,
2. देवर्षि,
3. महर्षि,
4. परमर्षि,
5. काण्डर्षि,
6. श्रुतर्षि और
7. राजर्षि।
वैदिक कालमा यी ७ प्रकारका ऋषिगण थिए।

सप्त ऋषि नै शिवका मूल शिष्य :
भगवान शिव नै पहिलो योगी हुन र मानव स्वभावको सबैभन्दा गहिरो समझ उनलाइ नै छ। उनले आफ्नो ज्ञानको विस्तारको लागी ७ ऋषिहरुलाई चुने र उनको योगको अलग-अलग बिषयमा ज्ञान दिए, जो योगको ७ बलियो शक्ति बन्यो। समयको साथ यो ७ रूपहरुबाट सैकड़ों शाखाहरु निस्कियो। पछी योगमा आएको जटिलतालाइ देखेर पतंजलिले ३०० ईसा पूर्व मात्र २०० सूत्रहरुमा पुरा योग शास्त्रलाइ समेटे। योगको आठौं अंग मोक्ष हो। ७ अंग त त्यो मोक्षसम्म पुग्नको लागी हो।

सबभन्दा पहिले मोक्ष या निर्वाणकप स्वाद भगवान शिवले नै चाखे। आदि योगी शिवले नै यस सम्भावनालाइ जन्म दिए कि मानव जाति आफ्नो मौजूद अस्तित्वको सीमाबाट पनि अगाडी जान सक्छ। सांसारिकता मा रहनु छ, तर यसैको भएर रहनु होइन। आफ्नो शरीर र बुध्दिको हरसंभव प्रयोग गर्नु पर्छ, तर त्यसको कष्टलाइ भोग्ने जरूरत हुदैन । यी शिव नै थिए जसले मानव मनमा योगको बीज रोपे।

योग विद्या अनुसार १५ हजार बर्ष भन्दा पहिला शिवले सिद्धि प्राप्त गरेका थिए। यस अद्भुत निर्वाण या भनु कि परमानंदको स्थितिमा पागल झैं हिमालयमा नृत्य गरेका थिए। फेरी उनि पपूर्ण शांत भएर बसे। उनको यस अद्भुत नृत्यलाइ त्यतिबेला अरु स्थानका कैयौं लोकले देखे। देखेर सबैको मनमा जिज्ञासा जाग उठ्यो कि आखिर यस्तो के भयो कि उनीहरु पनि पागल झैं अद्भुत नृत्य गर्न लागे।

अन्त्यमा लोकको दिलचस्पी बढ्यो र यसलाई बुझ्न उत्सुक भएर बिस्तारै बिस्तारै उनीहरु उनको पास पुगे तर शिवजी ले उनीहरु प्रति ध्यान दिएनन्, किनकी आदि योगी त उनीहरुको उपस्थिति देखि प बेखबर परमानंदमा लीन थिए। उनलाइ यो थाहा थिएन कि उनको वरिपरी के भइरहेको छ। सबैले प्रतिक्षा गरी रहे र फेरी फर्किए। तर उनीहरु मध्ये ७ जना यस्ता पनि थिए, जसले उनको त्यस नृत्यको रहस्य जान्न नै चाहन्थे। तर शिवले उनीहरुलाई वास्ता नै गरेनन, किनकी आफ्नो समाधिमा लीन थिए !

लामो प्रतिक्षा पछी जब शिवले आँखा खोले तब उनीहरुले शिवजी संग उनको यस नृत्य र आनंदको रहस्य सोधे। शिव ले उनीहरु लाइ हेर्दै भने , ‘यदि तिमीहरु यस्तै प्रतिक्षाको स्थितिमा हजारौं बर्ष बिताए पनि यस रहस्यलाइ जान्न सक्दैनौं, किनकी जो मैंले जानेको छु त्यो क्षणभरमा बताउन सकिन्न र न त यो क्षणभरमा पाउन सकिन्छ। यो कुनै जिज्ञासा या कौतूहलको विषय होइन।’

ति ७ जना पनि हठी र पक्का थिए। शिवको कुरालाई उनीहरुले चुनौतीको रुपमा लिए र उनीहरु पनि शिव संगै नै आँखा बंद गरेर बस्न लागे। दिन, सप्ताह, महीना, बर्ष बित्दै गयो, तर शिवले उनीहरुलाई वास्ता नै गरेनन।

८४ बर्षको लामो साधना पश्चात ग्रीष्म संक्रांति शरद संक्रांतिमा परिबर्तन भएको पहिलो पूर्णिमाको दिन आयो, जब सूर्य उत्तरायणबाट दक्षिणायण भए। पूर्णिमा को यसै दिन आदि योगी शिवले ति ७ तपस्विहरु लाइ देखे उनलाई थाहा भयो कि साधना गर्दा गर्दै उनीहरु परिपक्व भै सकेका थिए कि ज्ञान हासिल गर्नको लागी तयार थिए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal