धर्म/ संस्कृति

मीन राशिमा बुधकाे प्रवेश, अबको १५ दिन यी ४ राशिलाई असाध्यै फलिफाप

मीन राशिमा बुधकाे प्रवेश, अबको १५ दिन यी ४ राशिलाई असाध्यै फलिफाप

ज्योतिष शास्त्रमा बुधको शुभ प्रभावले व्यक्तिको इच्छाशक्ति बुझिएकाे हुन्छ र बुध ग्रह कन्या राशिको स्वामी हो र मीन राशि बुधको लागि नीच राशि हुन्छ। अबकाे बर्ष २०७८ बैशाख ३ गतेसम्म यहीँ राशिमा रहनेछ।

ज्योतिषका अनुसार यदि बुध उच्च राशिमा छ भने यसले सकारात्मक प्रभाव पर्छ तर यदि बुध नीच राशिमा छ भने यसले नकारात्मक प्रभाव पनि पार्न सक्छ। बुधको यस गोचरको प्रभाव सबै राशिहरुमा पर्नेछ। बुध ग्रह तपाईको राशिबाट नीच भई १२ औँ भावमा गोचर गरिरहेको छ।

बुध ग्रह र बृहस्पति ग्रहले एक-आपसमा शत्रुताको भावना राख्छ। १२ औँ घरको स्वामी बृहस्पति हुने कारण तपाईको लागि यो समय शुभ हुने छैन। यस अवधिमा खर्च बढ्नेछ। आत्मबलमा कमी आउनेछ, जसले गर्दा सामाजिक गतिविधिमा सक्रियता घट्नेछ। स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। व्यक्तिगत जीवन ठिक-ठाक नै रहनेछ।

बुध लाभ घरमा उच्च भई गोचर गरिरहेको छ । जागिर र व्यवसायमा लाभ मिल्ने सम्भावना छ। प्रेममा सफलता मिल्नेछ। यस बाहेक जागिर र कुनै नयाँ व्यवसाय सुरुवात गर्नको लागि समय राम्रो हुनेछ। यस राशिका जातक जो विदेशमा शिक्षा प्राप्त गर्नको लागि प्रयासरत छन्, तिनले सफलता पाउनेछन्। यस अवधिमा नयाँ सवारी साधन या घर खरिद गर्ने योग बन्नेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो : यस राशिको स्वामी बुध ग्रह हो, जुन कर्मभावमा नीच भईरहेको छ। यो समय तपाईको जीवनको सबैभन्दा शुभ रहनेछ। पारिवारिक जीवनमा शान्ति र सद्भाव बनिरहनेछ र सम्बन्ध सुध्रिनेछ। व्यवसायिक जीवनमा अनुकूल परिणाम प्राप्त हुन् सक्छ। यस अवधिमा बढुवा हुनुका साथै तलब वृद्धि होला। यो समयमा तपाई आफ्नो प्रतिद्वन्दीलाई करार जवाफ दिन सक्षम हुनुहुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो : कर्कट राशिमा भाग्य स्थानमा बुध नीच भईरहेको छ। यसकारण यस राशिको जातकको लागि यो समय खासै शुभ छैन। जीवनमा कठिनाईको सामना गर्नुपर्नेछ। समाजमा सक्रियता कम हुनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला। प्रेम सम्बन्धमा केही समस्याहरु आउन सक्छन्। प्रेम सम्बन्धमा आउन सक्ने कुनै पनि प्रकारका विवादबाट बच्नको लागि आफ्नो पार्टनरप्रति इमान्दार रहनुहोला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते : तुला राशिमा बुध छैठौँ भावमा गोचर गरिरहेको छ। यसले गर्दा केही मुश्किलको सामना गर्नुपर्नेछ। काममा धेरै मेहनत गर्नुपर्नेछ। आफ्ना कुराहरुलाई गुप्त नै राख्नुहोला। आफ्ना कुराहरु अरुसँग शेयर गर्दा शत्रु बढ्न सक्छ। यस अवधिमा कसैलाई उधारो दिँदा नोक्सानी ब्होर्नुपर्नेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु : वृश्चिक राशि बुध पञ्चम भावमा गोचर गरिरहेको छ। प्रेम सम्बन्धमा मधुरता आउनेछ। यो समय प्रेम-विवाहको लागि अनुकूल छ। नवविवाहित जोडीले सन्तानसुख पाउनेछन्।

यो पनि- मंगलबार गणेश भगवानको पुजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु

हिन्दूधर्मअनुसार, मंगलबार गणेश भगवानको पूजाआराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन । सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ ।

याे व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट शुरु गर्नु राम्रो मानिन्छ । यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरी नै लिए अझ राम्रो हुन्छ । हिन्दू धर्म अनुसार भगवान् गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ ।

विशेष गरेर गणेश भगवानको पूजा मंगलबार हुने गरे पनि हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ । मंगलबार भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन । मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागी पनि यस दिन वर्त बसी विधिवत रुपमा भगवान गणेशको पूजा आराधना गर्ने गरिएको हो ।

भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु

यी ११ मन्त्रहरु जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ । १ श्री गणेशाय नमः २ – ॐ श्री गणेशाय नमः ३ – गं गणपतये नमः ४ – ॐ गं गणपतये नमः ५ – ॐ गं ॐ गणाधिपतये नमः ६ – ॐ सिद्धि विनायकाय नमः ७ – ॐ गजाननाय नमः ८ – ॐ एकदंताय नमो नमः ९ – ॐ लंबोदराय नमः १० – ॐ वक्रतुंडाय नमो नमः ११ – ॐ गणाध्यक्षाय नमः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७