मुख्य समाचार

रोकेर राखेको बसमा आगलागी

रोकेर राखेको बसमा आगलागी

हाम्राे समाजमा कतिपय यस्ता घटनाहरु सार्वजनिक हुन्छन् कि जुन घटना भएकाे भनेर बिश्वास गर्न पनि गाह्राे हुन्छ । पुतलीबजार नगरपालिका ६ टक्सार स्थित भित्री सडकमा रोकी राखेको बस जलेर नष्ट भएको छ।

गए राती सोमबार १० बजे टक्सार—पोखरा भित्री सडक अन्तरगत चल्ने ग १ ख ७१६६ नम्बरको बसमा आगलागी भएको खबर पाएपछि घटनास्थलतर्फ प्रहरीको टोली पुग्दा बस जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

आगलागीका बेला बसमा यात्रु कोही नभएको र आगोको कारण बारे अनुसन्धान जारी रहेको प्रहरीले बताएका छन् । बिजुली तार सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएकाे छ ।

बस चालक पोखराका २९ वर्षीय सुभास के.सी र सहचालक १८ वर्षीय नवराज गिरी प्रहरी नियन्त्रणमा छन्।

याे पनि पढ्नुहाेस्ः
अन्तर्राष्ट्रिय फुटबलबाट विराजले लिए सन्यास

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याएका छन्। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको बंगलादेशविरुद्धको थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई दिलाएसँगै विराजले अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याएका हुन्।

नेपाली फुटबलकै सर्वाधिक सफल कप्तानको छवि बनाएका विराजले दुई वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्दै खेलाडी जीवनबाट बिट मारेका हुन्। सन् २०१९ जुनमा भएको मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलपछि विराजले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका थिएनन्।

विराजले सन् २००८ मा पोखरा रंगशालामा भएको पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। वि.सं २०५७ सालमा एन्फा एकेडेमीमा भर्ना भएका विराजले राष्ट्रिय टोलीमा डेब्यु गर्नुअघि विभिन्न उमेरसमूहमा नेपालको प्रतिनिधित्व गरेका थिए। उनले १८ वर्षको उमेरमै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। सन् २०१५ डिसेम्बर २७ मा साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणमा भारतविरुद्धको खेलमा उनले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए।

विराजको कप्तानीमा नेपालले १८ खेल खेलेको छ। सन् २००९ मार्च २८ मा एएफसी च्यालेन्ज कपअन्र्तगत काजकिस्तानविरुद्ध गरेको गोल नै विराजले १३ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनका गरेको एक मात्र गोल हो।

विराजको कप्तानीमा नेपालले सन् २०१६ मा बंगबन्धु गोल्डकप दक्षिण एसियाली खेलकुद (साग) र सोलिडारिटी कप गरी एकै वर्ष लगातार तीन उपाधि जितेको थियो। ३१ वर्षे विराजले राष्ट्रिय टोलीबाट ७२ खेल खेलेका छन्।

घरेलु प्रतियोगितामा पनि विराजले आफूलाई सफल खेलाडी र कप्तानको रूपमा प्रमाणित गर्दै आएका छन्। विराजले थ्रीस्टार, मनाङ मस्र्याङ्दी र मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितिसकेका छन्।

विराजले घरेलु भूमिमा नेपाललाई उपाधि दिलाएर सन्न्यास लिन पाउँदा खुसी लागेको बताए। ‘आजको दिन मेरा लागि महत्त्वपूर्ण रह्यो। घरेलु मैदानबाट विश्राम लिन पाउँदा गौरवान्वित छु’, उनले भने।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७