भिडियो समाचार

जाडो सुरुसँगै ओठ फुट्ने समस्या छ ? अप्नाउनुहोस् यी उपाय (भिडियो)

- गौरब पनेरु

जाडो सुरुसँगै ओठ फुट्ने समस्या छ ? अप्नाउनुहोस् यी उपाय (भिडियो)

जाडोको मौसम सुरु भएसँगै ओठ फुट्ने समस्या बढ्दै जान्छ। बेलैमा यसको स्याहार गरिएन भने यसले धेरै दुख दिन्छ।

ओठ फुटेमा दुखाइ हुनुका साथै अनुहारलाई पनि कुरुप बनाउछ। त्यस्तै आठ फुटेमा तातो कुरा खान पनि मिल्दैन। जसले पीडा दिन्छ। त्यसैले ओठको विशेष हेरचाह गर्नुपर्छ।

चिसोमा बाहिर निस्कँदा घिउ वा मह लगाएर हिँड्दा ओठ फुट्दैन। जाडोमा दैनिक बदाम र सुन्तलाको सेवन गर्दा पनि यसबाट बच्न सकिन्छ ।बाहिरी वातावरणमा जाँदा लिपगार्ड, लिपिस्टिक लगाउँदा पनि ओठ फुट्नबाट बच्न सकिन्छ।

त्यस्तै विभिन्न खाले घरेलु उपाय अपनाउँदा पनि ओठ फुट्ने समस्या देखिएमा छाला चिकित्सककहाँ गएर जचाउनुपर्छ। ओठ वेलावेलामा चुस्ने वा चाट्ने बानी राम्रो होइन। यसले ओठ नरम हुने भएकाले बाहिरको चिसो हावाले चाँडो असर पुर्याउँछ।

https://youtu.be/ticEXNwOaIU

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal