मुख्य समाचार

माओवादी केन्द्रले ओली सरकारलाई दिइआएको समर्थन भोलि फिर्ता लिने

माओवादी केन्द्रले ओली सरकारलाई दिइआएको समर्थन भोलि फिर्ता लिने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा नैतिक तथा राजनीतिक रुपले वर्तमान सरकारलाई धेरै दिन समर्थन गर्न नसक्ने अभिव्यक्ति दिए ।

तर, त्यसको पाँच दिनपछि बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निष्कर्ष थियो– सरकारलाई दिएको समर्थन तत्काल फिर्ता समर्थन तत्काल फिर्ता नगर्ने ।

माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले भोलि समर्थन फिर्ता लिइने जानकारी दिए । उनले ऋषि धमलासँग भने,‘हामी भोलि नै स्थायी कमिटी बैठक बसेर सरकारलाई दिइआएको समर्थन फिर्ता लिन्छौं ।’

माओवादी केन्द्रलाई सरकारलाई दिइआएको समर्थन फिर्ता लिन दबाब बढिरहँदा पुनले नयाँ खुलासा गरेका हुन् । नेपाली काँग्रेसले हिजै सरकारको नेतृत्व लिन पहल गर्ने निर्णय गरिसकेको छ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय समेत मागेको छ ।

याे पनि पढ्नुहाेस्ः
रङ्गशालाको ८५ प्रतिशत काम सकियो

प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु १४ करोड पाँच लाख लागतमा गत मङ्सिरदेखि रङ्गशालाको निर्माण शुरु गरिएको हो ।

आगामी २०८० सालसम्म निर्माण अवधि भए पनि सरकारले समयमा बजेट दिएमा सम्झौताअघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी, मार्सेली जेभीले जिकिर गरेको छ । कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने, “हालसम्म रङ्गशालाको ८५ प्रतिशत काम सम्पन्न भएको छ, सरकारले समयमा बजेट पठाउन सक्यो भने चालु आर्थिक वर्षमा निर्माण पुरा गछौँ ।”

हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउनेलगायत स्टक्चरको काम अन्तिम चरणमा पुगेको छ भने प्यारापिट बनाउने, रिटेनिङवाल लगाउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेलमैदानमा दुबो लगाउने काम पनि भइरहेको छ ।

करिब २५ रोपनी क्षेत्रमा निर्माण भइरहेको सात हजार वर्गमिटरको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सात प्यारापिट निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ । निर्माण भरहेको रङ्गशालाको शुक्रबार मुख्यमन्त्री शेरधन राईले समेत स्थलगत अनुगमन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७