मुख्य समाचार

बोक्सी आरोपमाा आमाकै अघि सानीमाले तातो पन्युले डामिन्

- ललितबहादुर बुढा

बोक्सी आरोपमाा आमाकै अघि सानीमाले तातो पन्युले डामिन्

सुर्खेत वीरेन्द्रनगर-२ की १८ वर्षीया अमृता बुढालाई आफ्नै आमाको अगाडी बोक्सी आरोपमा आफन्तबाटै उनीमाथि मरणासन्न हुनेगरी कुटपीट भएको छ। शरीरभरी तातो पन्यूले डामिएको समाचार अन्नपूर्ण पोष्टम छापिएको छ ।

उनले करुण स्वरमा भनिन्- म आन्टीको घरमा बस्थेँ। उहाँकी सानी छोरी बिरामी भई। आइतबार राति आन्टीले आमालाई बोलाउनुभयो। आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्नुभयो। आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो। मैले हारगुहार गरेँ। आमाले पनि केही भन्नुभएन। मलाई कसैले बचाएनन्।’

यश घटनामा परिवारले नै कानुनी उपचार खोज्न चाहेको छैन। एक सातासम्म गुपचुप राखिएको घटना शुक्रबार बल्ल सार्वजनिक भएको हो। पीडितकै आमा समेत ‘घरभित्रको कुरा मिलाउने पक्षमा’ छिन्।

अमृता वीरेन्द्रनगर-७ इत्राममा रहेकी सानीआमा कृष्णा काफ्लेको घरमा बस्दै आएकी थिइन्। केही दिनअघि कृष्णाकी तीन वर्षीया छोरी बिरामी परिन्। अमृताले बोक्सी लगाएकै कारण छोरी बिरामी परेको भन्दै कृष्णाले उनलाई कुटेको र डामेको प्रहरीले जनाएको छ।

तातो पन्यूँले डाम्दा अमृताको अनुहार, मुख, गोडा र ढाड पोलिएको छ। छोरीको अवस्था गम्भीर देखेपछि बुबा लुन बुढाले सोमबार मात्र अमृतालाई अस्पताल भर्ना गरे। पाँच दिनको उपचारपछि अमृतालाई शुक्रबार डिस्चार्ज गरिएको छ। अस्पतालबाट निस्केपनि अमृता हिँडडुल गर्ने अवस्थामा छैनन्। शरीरको अधिकांश भाग पोलिएका कारण अमृता उठ्न र बस्न सक्दिनन्। घाउमा कपडा टाँसिएकाले उनी पीडा झेलिरहेकी छन्।

घाइते अमृताले आफूमाथि अत्याचार भएको बताइन्। तर घटना आफन्तबीचको भएकाले मिलाउने कोशिस भइरहेको छ।
मिलाउने प्रयास भएकोमा अमृता चिन्तित छिन्। ‘मलाई न्याय चाहिएको छ,’ उनले दुःखेसो गरिन् ‘ममाथि यत्रो अत्याचार हुँदा पनि मिलाउन खोजिँदैछ।’

कुटपिटमा संलग्न कृष्णा र उनका पति कृष्णप्रसाद काफ्लेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ‘हामीले दुई जनालाई पक्राउ गरेका छौं, बोक्सीको आरोपमा अमृतामाथि कुटपीट भएको पाइएको छ,’ डीएसपी प्रतापबहादुर क्षत्रीले भने, ‘उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal