समाचार

ट्रायल मापदण्ड परिवर्तन हुँदै : यस्तो छ नयाँ नियम

ट्रायल मापदण्ड परिवर्तन हुँदै : यस्तो छ नयाँ नियम

सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ। यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको छ ।

कार्यविधि संशोधन भएपछि सानो गल्तीले ट्रायल फेल नहुने विभागका महानिर्देशक नमराज घिमिरे बताए। ‘पहिले ट्रायल पास वा फेल मोडल थियो। अब पास वा न्युमेरिकल भ्यालुबाट मुल्यांकन हुन्छ, उनले भने। अहिलेसम्म ट्राफिकले सिट्ठी फुकेर बोलाएपछि ट्रायल दिन गइन्थ्यो भने अब सवारी साधन चलाउनुभन्दा अगाडि के–के कुरामा ध्यान दिनुपर्छ त्यो पनि हेरिने उनले बताए।

‘कुनै पनि सवारी साधन चलाउँदा डिजेल/पेट्रोल छ, छैन, ब्रेकको अवस्था, हेलमेट लगाउनुपर्ने लगायत आधारभुत कुरामा ध्यान दिनुपर्छ। अब ट्रायलमा त्यो पनि समावेशमा हुन्छ,’ उनले भने।

उनका अनुसार सुरूमा सबैलाई १०० अंक नै दिइन्छ। त्यसपछि गल्ती गर्दा नम्बर काटिंदै जान्छ। ६० प्रतिशतभन्दा कम अंक ल्याउने ट्रायल फेल हुन्छ भने सो सम्मको अंक ल्याउने ट्रायल पास हुन्छ।

राम्रोसँग सवारीसाधन चलाउन जान्नेहरू पनि सामान्य गल्तीमा फेल हुँदा बिचौलियाकोमा जाने समस्या देखिएकाले नयाँ मापदण्ड ल्याउन लागिएको उनले बताए।

ट्रायल सुरूवातकै ‘एट (८)’ मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ।‘अहिले हेल्मेटको लक नलगाए पनि ट्रायल फेल हुने नियम छ। अब भने त्यसमा पनि निश्चित अंक पाउनेछन्। त्यस्तै ८ नघाएको निश्चित अंक हुनेछ।
यस्तै–यस्तै विभिन्न प्यारामिटर हुनेछन्,’ उनले भने।

त्यस्तै, लिखित परीक्षाको ढाँचा पनि केही परिवर्तन हुने उनले बताए। ५ सय वा एक हजार प्रश्नका सेट सार्जनिक गरिने र प्रश्न त्यहीँ भित्रबाट मात्रै सोधिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७