अर्थ

धान बेचेर अर्थोपार्जन गर्नसक्ने नेपाल, श्रम बेचेर जिविका चलाउन बाध्य

- गौरब पनेरु

धान बेचेर अर्थोपार्जन गर्नसक्ने नेपाल, श्रम बेचेर जिविका चलाउन बाध्य

काठमाडौं । कृषि प्रधान देश नेपाल खेतबारीमा अन्न उब्जनी गरेर देश धान्न सक्ने हैसियत हुँदाहुँदै पनि परदेशमा रगत र पसिना बेचेर जीवन धान्न बाध्य भएको विभिन्न सरोकारवालाहरुले टिप्पणी गरेका छन्।शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय प्रवास विभागले आयोजना गरेको मुलुकको आर्थिक समृद्धिमा प्रवासी नेपालीहरुको भूमिका भन्ने अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो टिप्पणी गरेका हुन्।

सो कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले देशका सिर्जनशील तथा उर्जाशील ४० लाख जनशक्ति वैदेशिक रोजगारमा पठाएर देशले समृद्धि हासिल गर्न नसक्ने बताएका छन्।थापाले देश विकासका लागि देशमा नै युवाशक्ति परिचालन हुनुपर्ने बताउँदै भने, ‘नेपालले आफ्नो देशमा कृषि उत्पादन बेचेर धनी हुने सम्भावना हुँदाहुँदै पनि श्रम बेचेर राष्ट्र चलाउनु परेको छ।’

अध्यक्ष थापाले नेपालमै श्रम गरे धान बेचेर राष्ट्र धान्न सक्ने वातावरण सिर्जना गर्न सकिने र नेपालीहरुले परदेशमा रगत र पसिना बगाउन जानु नपर्ने टिप्पणी गरे।नेपालबाट वैदेशिक रोजगारका लागि विभिन्न मुलुक पुगेका युवाहरुबाट वार्षिक ७ देखि ८ अर्बसम्म रेमिट्यान्स भित्रीने भएतापनि नेपालमा आएको रेमिट्यान्स उत्पादनमुलक क्षेत्रमा प्रयोग हुनुको सट्टा फजुल खर्चमा बढी प्रयोग हुने हुँदा यसबाट मुलुक झन् अबनतिको बाटोतिर लाग्ने भएको थापाले बताए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal