समाचार

किसानको खेतमा गहुँ काट्दै विप्लव, भाइरल बन्यो तस्बिर

किसानको खेतमा गहुँ काट्दै विप्लव, भाइरल बन्यो तस्बिर

पोखरा- नेकपाका महासचिव विप्लवले किसानको खेतमा गएर गहुँ काटेको तस्बिर भाइरल बनेको छ । उनले
कपिलवस्तुको शिवगढीमा स्थानीय जनताको खेतमा गएर गहुँ काटेका हुन् ।

महासचिव विप्लवसँगै केन्द्रीय सदस्यद्धय असल क्षेत्री र सविन पोखरेल पनि गहुँ काट्ने काममा सहभागि रहेको नारायणविक्रम चन्दले बताए । महासचिव विप्लवले नेतादेखि पार्टी सदस्यसम्म अनिवार्य श्रम जोडिनुपर्ने बताउदै आएका छन् ।

यसअघिदेखि नै नेकपाका नेता कार्यकर्ताहरु सामुहिक श्रममा जोडिदै आएका छन् ।अहिले महासचिव विप्लव र केन्द्रीय नेताहरुसँगै कपिलवस्तुमा स्थानीय पार्टी नेता कार्यकर्ताहरु समेत खेतमा गएर गहुँ काट्ने श्रममा जोडिएका छन् ।

यो पनि – ‘सम्झौता कार्यान्वयन नगरे कुरो क्लियर छ’ : विप्लव

डेढ दिनमा हतार हतार चार पटक बैठक बसेर फागुन १९ गते एकाएक सरकारसँग तीन बुँदे सम्झौता गरेका नेकपाका बि-द्रोही नेता विप्लवले एक महिना नबित्दै गुनासो पोख्न थालेका छन् ।

यसबीच जेल परेका आफ्ना नेता तथा कार्यकर्ता कसैलाई पनि रिहा नगरेपछि महासचिव विप्लवले केही दिनअघि प्रधानमन्त्री ओलीलाई बालुवाटारमै भेटेर ‘गुनासो’ गरेका हुन् ।

विप्लव स्रोतकाअनुसार भेटमा प्रधानमन्त्रीले ‘गर्छु’ भनेपनि अहिलेसम्म सम्झौता कार्यान्वयनको प्रक्रिया अघि बढेको छैन । मुलुकभर १ सय ७० भन्दा बढी नेता तथा कार्यकर्ता विभिन्न मु-द्दा झेल्दै जेलमा रहेका छन् । त्यसैको लागि भेटे पनि प्रधानमन्त्रीले ‘तयारी गरिरहेका छौं’ मात्र भन्नुभएको बताइन्छ ।

विप्लवभित्र हतारमा सम्झौता गरिएको भन्नेहरू देखिन थालेका छन् । तर, सरकारसँग वार्ताको क्रममा नजिकिएका नेताहरूले भने अहिलेको परिस्थितिलाई ‘सबैतिरको दबाब’ को रुपमा बुझेका छन् ।

ओली सरकारसँग नजिकिएको देखिएको नेपाली काँग्रेसले जेलमा रहेका विप्लवका नेता तथा कार्यकर्तालाई त्यत्तिकै छाड्न नहुने भनेपछि सरकार पछि हटेको उनीहरूको बुझाई छ । विप्लवका एकजना नेता भन्छन् ‘सम्भवतः त्यसको प्रभाव न्यायालयमा पनि परेको होला । सबैलाई विश्वासमा लिएर नगरिएको सम्झौताको परिणाम हो यो ।’

नेत्रविक्रम चन्दलगायतका नेताले सरकारको रवैयालाई केही समय पर्खने र हेर्ने रणनीति बनाएको बताइन्छ । स्रोत भन्छ ‘सम्झौता कार्यान्वयन गरे सोहीबमोजिम अघि बढ्ने हो,नगरे त्यहिअनुसार गरिन्छ,कुरो क्लियर छ ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७