मुख्य समाचार

चीनले खोप दिएपछि प्रधानमन्त्री मुस्कुराउँदै भनेः चीन र नेपालबीचको गहिरो सम्बन्ध छ

चीनले खोप दिएपछि प्रधानमन्त्री मुस्कुराउँदै भनेः चीन र नेपालबीचको गहिरो सम्बन्ध छ

गत बर्ष देखि लगातार काेराेना माहामारी बढेपछि केहि महिना अघि सुन्सान भएकाे बिश्वमा फेरी भयानक माहामारी फैलिएकाे छ । यति मात्र नभइ हालै वायु प्रदुषण समेत बढेकाे छ । यसैगरि काेराेनाकाे जाेखिमबाट बच्नकाे लागि चीन बाट काेभिड १९काे अाैषधी हालै नेपालमा भित्रिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउनुले दुई देश बीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको बताएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चीन सरकारद्धारा नेपाल सरकारलाई अनुदान स्वरुप प्रदान गरिएको कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चीनले सहयोग गरेपछि नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडी रहेकाे प्रधानमन्त्री केपी शर्मा वाेलीकाे भनाइ रहेकाे छ । चीन सरकारद्वारा प्राप्त सहयोगले कोभिड–१९ महामारीको विरुद्ध प्रभावकारी ढंगले अगाडी बढ्नको निम्ति महत्वपूर्ण हुने पनि बताए ।

प्रधानमन्त्री भन्छन्, ‘कोभिड १९ महामारीका विरुद्धको हाम्रो लगानी त्यसलाई सफलतापूर्वक अगाडी लैजानका लागि, अझ प्रभावकारी ढंगले अगाडी बढाउनको निम्ति यो एउटा महत्वपूर्ण सहयोगको रुपमा रहने छ । नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडी बढाएको छ । यसले अझ थप बल पु¥याएको छ ।’

चीनले कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप नेपाल सरकारलाई अनुदान स्वरुप उपलब्ध गरिएकाे प्रधानमन्त्रीकाे भनाइ रहेकाे छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरेकी हुन् । प्रधानमन्त्री ओलीले अनुदानको अलावा खोप खरिद गर्ने व्यवस्था मिलाउँदै गरिएको बताए । उनले भारत र चीन दुवै देशबाट ल्याइएको खोपहरू प्रभावकारी रहेको पनि बताए ।

उनले भने, ‘दुईवटै भ्याक्सिन प्रभावकारी छन् । तर आ–आफ्नै डोज गर्नुपर्छ । कुनै प्रकारको हिचकिचाहट हुनुपर्ने, अन्योलमा पर्नुपर्ने आवश्यकता छैन भन्ने कुरा म स्पष्ट पार्न चाहान्छु ।’ कोभिड–१९ महामारीलाई पराजित गर्न चीनले लिएको नीति र कदमको प्रशंसा गर्दै नेपाल र चीनको नीति समान रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७