भिडियो समाचार

ऋषि धमला भन्छन्- एलिजा ‘ब्यूटी क्विन’ हुन् [भिडियो]

ऋषि धमला भन्छन्- एलिजा ‘ब्यूटी क्विन’ हुन् [भिडियो]

बुधबार काठमाण्डौको पाँच तारे होटलमा आफ्नो जन्मदिन मनाउँदै गर्दा मोडल तथा नायिका एलिजा गौतम खुशी देखिइन् । एक त चलचित्र क्षेत्रका नजिकका साथीहरुको उपस्थिती, अर्कोतिर श्रीमान् ऋषि धमलाको सरप्राइज गिफ्ट ।

आफन्त, साथीभाई, चलचित्र क्षेत्रमा मानिसहरु सबैले उनको सुन्दरताको प्रशंसा गरिरहेका छन् । उनी ‘ब्यूटी क्विन’ हुन् ।’

उक्त जन्मदिन समारोहमा ऋषिले एलिजाको सुन्दरताको प्रशंसा गरे । उनले भने–‘एलिजाको बारेमा त मैले के भन्नु । आफन्त, साथीभाई, चलचित्र क्षेत्रमा मानिसहरु सबैले उनको सुन्दरताको प्रशंसा गरिरहेका छन् । उनी ‘ब्यूटी क्विन’ हुन् ।’

श्रीमान् ऋषि धमलाको कुराले एलिजा भने लजाइन् । वन पिस पहिरनमा सजिएकी एलिजा आकर्षक देखिएकी थिइन् । चलचित्र क्षेत्रमा आएपछि पहिरनमा समेत ध्यान दिइरहेकी एलिजाले सबैसँग बसेर जन्मदिन मनाउन पाउँदा खुशी व्यक्त गरिन् ।

‘अनुराग’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजा पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त छिन् ।

बाँकि भिडियोमा हेर्नुहोस्

उनका थप तस्बिर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७