मुख्य समाचार

खसीको मासु १ हजारभन्दा बढी मुल्यमा बेचे कडा कारवाही हुने

खसीको मासु १ हजारभन्दा बढी मुल्यमा बेचे कडा कारवाही हुने

पर्सा- अब मासुमा कालोबजारी र मूल्यवृद्धि गर्नेलाई प्रहरीले कडा भन्दा कडा कारवाही गर्ने भएको छ । दिन प्रति दिन मासुकाे मूल्यवृद्धिलाई मध्यनजर गर्दै नेपाल सरकारले यस्तो निर्णय लिएकाे हाे । प्रत्येक वर्ष खसी र कुखुराको मासुलगायत अन्य पेय पदार्थको मूल्यवृद्धि हुनेगरेको छ ।

खसीको मासु एक हजार रुपैयाँ प्रति किलोभन्दा बढीमुल्यमा बेच्न नमिल्ने बताए

यहाँका व्यपारीहरुले ग्रहाकलाई ठग्ने गरेको गुनासो आएपछि प्रहरीले मूल्यवृद्धि र कालोबजारी गर्नेमाथि कडा कारवाही गर्ने निर्णय गरेको प्रहरी उपरीक्षक (एसपी) बेल बहादुर पाण्डले बताए । उनले खसीको मासु एक हजार रुपैयाँ प्रति किलोभन्दा बढीमुल्यमा बेच्न नमिल्ने बताएका छन् ।

‘सबैभन्दा धेरै खसीको मासु र पेय पदार्थको मूल्यवृद्धि हुनेगरेको छ । एसपी पाण्डेले भने, ‘त्यसैले खसीको मासुको मूल्य एक हजार रुपैयाँ प्रति किलो तोकेका छौँ । त्योभन्दा बढीमा बेच्नेलाई कारवाही गर्ने छौँ । त्यसैगरी पेय पदार्थको उल्लेखित मूल्यभन्दा बढीमा विक्री गरेको पाइएको खण्डमा पनि हामीले कारवाही गर्ने छौँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७