मुख्य समाचार

हेटौँडामा साझा बस सञ्चालन

- Gaurab paneru

हेटौँडामा साझा बस सञ्चालन

हेटौँडा । हेटौँडाको पदमपोखरीमा साझा बस सञ्चालनमा आएको छ। पदमपोखरीमा तीन साझा बस सञ्चालनमा ल्याइएको हो।

हेटौँडा उपमहानगरपालिकाको समन्वयमा पदमपोखरीका बासिन्दाको लागि यात्रा गर्न सजिलो होस् भन्ने उद्देश्यले साझा बस सञ्चालनमा ल्याइएको हो। हेटौँडा १२, १३ र १४ का बासिन्दाका लागि सहज होस् भन्ने उद्देश्यले आफ्नो पहलमा बस सञ्चालनमा ल्याइएको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले बताए। सो सेवाको महतले उद्घाटन गरे।

हेटौँडामा १७ साझा बस सञ्चालनमा आएको छ। हेटौँडाको हटियो, हर्नामाडी, बजार क्षेत्र, कमाने, चुरीयामाई र मकवानपुरको मनहरी गाउँपालिकासम्म साझा बस सञ्चालनमा आउने मकवानपुर साझा बसका सञ्चालक भेष खड्गीले बताए।

प्रतिक्रिया दिनुहोस