प्रदेश ४

तनहुँको बेलचौतारामा विश्वविद्यालय बनाउने गण्डकी प्रदेश सरकारको निर्णय

- गौरब पनेरु

तनहुँको बेलचौतारामा विश्वविद्यालय बनाउने गण्डकी प्रदेश सरकारको निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारले तनहुँको बेलचौतारामा विश्वविद्यालय बनाउने निर्णय गरेको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका बेलचौतारामा रहेको भानुभक्त क्याम्पस र सँगै रहेको सार्वजनिक जग्गामा गण्डकी विश्वविद्यालय खोल्ने निधो गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए।

गण्डकी प्रदेश सरकारले बेलचौतारामा रहेको कुल ४ सय ७५ रोपनी क्षेत्रफलमा विश्वविद्यालय निर्माण गर्ने निधो गरेकाले सो जग्गा प्रदेशलाई उपलब्ध गराउन केन्द्र सरकारसँग माग समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal