विशेष सामाग्री

प्रेममा परेको ब्यक्तिले देखाउँछ यस्ता राेचक लक्षण, यसरी सकिन्छ चिन्न

प्रेममा परेको ब्यक्तिले देखाउँछ यस्ता राेचक लक्षण, यसरी सकिन्छ चिन्न

प्रेममा नपर्ने मानिस यो संसारमा शायदै होलान् । प्रेममा परेको मानिसको चालढाल नै फरक हुन्छ । महिला वा पुरुष दुवैको व्यवहार प्रेमले परिवर्तन गरिदिन्छ । यहाँ हामी प्रेममा परेका केटाहरूले कस्तो लक्षण देखाउँछन् बताउँदैछौं ।

तपाईंको केटा साथीले तपाईंसँग शपिङ गर्न चाह्यो भने बुझ्नुस् उसले तपाईंलाई के मन पर्छ अनि के मन पर्दैन थाहा पाउन चाहन्छ । उसले तपाईंप्रति प्रेमभाव देखाएको हो । उसको अनुरोधलाई स्वीकार गरेर शपिङमा लैजानुस् । केही कुरा तपाईं सुन्नै चाहनु हुँदैन तर केटा साथीले त्यही कुरा भन्छ । तपाईंको हितका लागि उसले प्रस्ट कुरा गरेर साँचो भावना देखाएको हो । ऊ तपाईंलाई प्रेम गर्छ ।

पुरुषले संसारसमक्ष आफ्नो डर देखाउन चाहँदैनन् । तर प्रेममा परेपछि केटा साथीले मनमा लुकेको डर पनि बताइदिन्छन् । प्रेममा परेको केटा आफ्ना साथीहरूसँग गायब हुँदैन । घुम्ने योजना बनाएपनि प्रेमिकालाई प्रस्ट बताइदिन्छन् । यसो गर्नु प्रेमको सुमधुर लक्षण हो ।

यो पनि- नेपालमै १० वर्षदेखि लगातार दुध दिइरहेको अचम्मको गाई

सिरिजंगा गाउँपालिका ४ तेल्लोकका जनक खड्काले पालेको साँखु गाईले नौ वर्षदेखि लगातार दूध दिइरहेको छ । २०६९ भदौमा अन्तिम पटक सुत्केरी भएको गाईले त्यसअघि पाँच बेतसम्म प्रत्येक वर्षजसो गर्भधारण गरेको थियो ।

२०६९ सालपछि गर्भधारण नगरेको गाईले दुध दिइरहेको छ। ‘आफ्नै घरमा पालेको माउले जन्माएको बाच्छो भएको हो,’ खड्काले भने ‘अहिले गोरु पनि खोज्दैन, दूध पनि दिइरहेको छ ।’ दैनिक चार लिटर दूध दिने गरेको खड्काले बताए । बिहान बेलुका त दोइहालिन्छ । आवश्यक पर्दा अरु समयमा पनि दूध दिन्छ । खड्काका अनुसार गाईको उमेर २१ वर्ष पुगेको छ । दुध कम आए बाक्लो र बढी आए अलि पातलो हुने खड्काले सुनाए ।

त्यस्तै, मोरङको उर्लाबारी नगरपालिका कुझोडा निवासी प्रेमसागर भट्टाईले पालेको गाईले पनि १० वर्ष देखि दुध दिइरहेको छ। ‘गाई २०६७ माघ ११ मा ब्याएको हो, त्यसपछि छैन,’ प्रेमसागरले भने ‘उर्लाबारी, दमकका डाक्टरलाई देखाएँ, नभएपछि विराटनगरबाट पशु डाक्टरलाई ल्याएर पनि देखाएको थिएँ ।’

डाक्टरहरुले औषधि चलाएर पनि गर्भ बस्ने बनाउन नसकेको उनले बताए । यीस्ता घटना अत्यन्त कम हुने पशु ज्ञान केन्द्र ताप्लेजुङका डा। सौरभ श्रेष्ठको भनाइ छ । जतिमा भएको छ, त्यो वातावरण र वंशानुगत गुणका कारण हुन सक्ने उनको भनाई छ । हार्मोनका कारण गाईले दुध दिइरहेको हुन सक्ने पशुसेवा कार्यालय पाँचतरका डा। इन्द्रनारायण शाहले जानकारी दिए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७