अन्तर्राष्ट्रिय

केही क्षणमै २ दर्जन मानिसलाई सिध्याउने जीवलाई नचिनेर हातमा खेलाउँदा…

केही क्षणमै २ दर्जन मानिसलाई सिध्याउने जीवलाई नचिनेर हातमा खेलाउँदा…

इङल्याण्डकी एक महिला हालै इण्डोनेसियाको बालीमा विदा मनाउन गएकी थिइन् । यही क्रममा उनले बालीको समुद्र किनारमा एउटा सानो अक्टोपसलाई हत्केलामा खेलाउँदै भिडियो खिचिन् ।

तर, उनलाई थाहा थिएन कि त्यो अक्टोपस निकै खतरनाक थियो जसले केही मिनेटमै २६ जना मानिसलाई मा र्न सक्थ्यो ।द सनको रिपोर्टअनुसार केलिन नामकी यी महिलाले टिकटकमा भिडियो पोस्ट गरेकी छिन् । भिडियोमा केलिनको हातमा ब्लु रिंग अक्टोपस देख्न सकिन्छ । भिडियोमा अगाडि केलिनले यो अक्टोपसको बारेमा गुगलमा खोजी गरेपछि । उनले यो अक्टोपसले केही मिनेटमै २६ जनालाई मा र्न सक्ने जानकारी पाउँछिन् ।

यो ब्लु रिंग अक्टोपसले टोक्दा कासै दुख्दैन तर १० मिनेटमै शरीर सुन्नहुन्छ । यो अक्टोपसको विषमा न्यूरोटक्सिन टेट्रोडोटक्सिन हुन्छ जसले कुनै पनि मानिसलाई केही सेकेण्डमै पक्षघा-तग्रस्त बनाउन सक्छ । त्यसपछि मानिसको शरीरमा अक्सिजनको कमी हुन्छ र मानिसको मृत्यु हुन्छ ।

यो अक्टोपसको शरीर पहेंलो रंगको हुन्छ र रिंग नीलो रंगका हुन्छन् । यी रिंग त्यतिबेला मात्र देखिन्छन् जब यो अक्टोपसलाई डिस्टर्ब गरिन्छ । आम रुपमा यी अक्टोपस रातमा सक्रिय हुन्छन् र दिनको समयमा निकै कम मात्रामा देखिन्छन् ।

यो पनि – विदेश जानेलाई ५,००० पाउन्ड जरिवाना हुने

बीबीसी – उचित कारणबिना विदेश भ्रमणमा जाने इङ्ग्ल्यान्डका नागरिकलाई ५,००० पाउन्ड जरिवाना हुने नयाँ कोरोनाभाइरस कानुन आगामी सातादेखि लागु हुँदैछ।

त्यहाँका सांसदले बिहीवार पारित गरेको कानुनको बिना कुनै राम्रो कारण विदेश भ्रमण गर्ने नागरिकलाई जरिवाना गर्ने प्रावधान छ। सोमवारसम्म लागु हुने नियममा पनि विदेश भ्रमण वर्जित थियो।

अब त्यो प्रतिबन्ध यूकेमा रहेका सबैलाई कानुनका रूपमा लागु हुने भएको छ। अहिलेको योजनानुसार बिदा मनाउन विदेश जाने प्रतिबन्ध कम्तीमा मे १६ सम्म लागु हुनेछ। तर हाल युरोप र अन्यत्र बढिरहेको सङ्क्रमणका कारण यो पछि धकेलिने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७