अर्थ

चन्द्रशमशेरको दरबार : बन्यो होटल सुविधासहितको ‘सर्भिस अपार्टमेन्ट’

- सुवास योञ्जन

चन्द्रशमशेरको दरबार : बन्यो होटल सुविधासहितको ‘सर्भिस अपार्टमेन्ट’

नेपाली इतिहासमा राणाहरुको छुट्टै विषेशता छ । पछिल्ला पुस्ताका युवा युवतीहरुलाई ती दरबारका विषय इतिहास बनेको छ तर पछिल्लो समय राणाकालीन दरबार लोप हुँदै गएको छ ।

यसैक्रममा दरबारमा बस्ने, दरबारमा गएर खाने र कार्यक्रम गर्ने इच्छा र आकाङ्क्षा भएकाहरुलाई राम्रो अवसरको रुपमा एलो दरबार होटलको रुपमा देखापरेको छ।

सानेपामा रहेको करिब १०० वर्ष पुरानोे चन्द्रशमशेर राणाको दरबारलाई हाल सर्भिस अपार्टमेन्टका रुपमा विस्तार गरिएको छ । दरबारमै बस्ने–खानेसहित स्विमिङको मज्जा एवम् विभिन्न पार्टी तथा सेमिनारसमेत गर्न सकिने छ ।

एलो दरबारकी सञ्चालिका सुवर्णा श्रेष्ठले पुरानो दरबारलाई ‘सर्भिस अपार्टमेन्ट’का रुपमा विस्तार गरिएको बताइन् । ऐतिहासिक दरबारलाई संरक्षण गर्ने उद्देश्यले एलो दरबार सञ्चालनमा ल्याएको बताउँछिन् । त्यहाँ हाल ८ ओटा अपार्टमेन्ट, ५ ओटा कोठा र ३ ओटा स्टुडियो छन् ।

अपार्टमेन्टमा एक रात बसेको ४० देखि ६० डलरसम्म तिर्नुपर्छ । दरबारमा रहेका २ ओटा सेमिनार हलमा २५० जनालाई सहज रुपमा राख्न सकिन्छ भने दुइटा गार्डेनमा एकै पटक २ हजारभन्दा बढी व्यक्तिलाई भोजको आयोजना गर्न सकिने उनले बताइन् ।

ट्राभल एजेन्सी र होम स्टे सञ्चालन गर्दैै आएकी श्रेष्ठले पर्यटन क्षेत्रमा अझै नयाँ काम गर्ने सोचका साथ ‘सर्भिस अपार्टमेन्ट’ सञ्चालनमा ल्याएको बताउँछिन् । उनले सो दरबारमा रहेका राणाहरुको डाइनिङ टेबलमै बसेर खाना र खाजा खाने व्यवस्था गर्न लागिएको बताइन् । यो रिपोर्ट क्यापिटल नेपालमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal