राजनीति

राजेन्द्र महतोको मधेसमैै जलाईयो पुत्ला

राजेन्द्र महतोको मधेसमैै जलाईयो पुत्ला

जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । राजपा नेपाल धनुषा अध्यक्ष मण्डलका सदस्य देवकृष्ण मण्डललाई बिना कारण हटाएको विरोधमा अध्यक्ष महतोको पुत्ला दहन भएको हो ।

उनको स्थानमा तत्कालिन राष्ट्रिय समाजवादी पार्टीका विद्यार्थी सङ्गठनका नेता ज्ञानेन्द्र झालाई पदस्थापन गरेपछि असन्तुष्ट पक्षले संयोजक महतोको पुत्ला दहन गरेको नेता मण्डलले बताए।

उनका अनुसार आफूलाई बिना जानकारी नै हटाउनु र सामाजिक सञ्जालमार्फत जानकारी पाउनुले संयोजक महतोको पुत्ला दहन गरेको स्पष्ट पारे ।

राजेन्द्र महतो राजपा नेपालको अध्यक्ष मण्डलको संयोजक बनेपछि सार्वजनिक रुपमै आफ्नै कार्यकर्ताले पुत्ला दहन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal