मुख्य समाचार

पूर्वराजा हिन्दु धर्म प्रचार गर्दै राजतन्त्र फर्काउन लागेको भन्दै रोक लगाउन सरकारसँग माग

पूर्वराजा हिन्दु धर्म प्रचार गर्दै राजतन्त्र फर्काउन लागेको भन्दै रोक लगाउन सरकारसँग माग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद झपटबहादुर रावलले पूर्वराजा ज्ञानेन्द्र शाह राजतन्त्र फर्काउने खेलमा लागेको आरोप लगाउदै उनको गतिविधिमा रोक लगाउन माग गरेका छन् ।

संघीय संसद प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद रावलले पूर्वराजा विभिन्न ठाउँमा गएर राजतन्त्र फर्काउने गतिविधिमा लागेको आरोप लगाउदै राजाको त्यस्तो गतिविधिमा रोक लगाउन सभामुखमार्फत सरकारसँग माग गरेका हुन् ।

शाह हिन्दु धर्म प्रचारमा लागेको र सोही आवरणमा राजतन्त्र फर्काउने गतिविधि पनि गरिरहेको रावलको भनाइ थियो। पूर्वराजाले पनि संविधानभित्र बस्नुपर्ने भन्दै सांसद रावलले त्यसो नदेखिएकाले सरकारलाई त्यस्ता गतिविधिमा नियन्त्रण गर्न ध्यानाकर्षण गराए ।

पूर्वराजा ज्ञानेन्द्र शाह हाल पोखरामा छन्। उनी त्यहाँ धार्मिक र पारिवारिक कार्यक्रममा सहभागी भईरहेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal