राजनीति

एमाले संसदीय दलको बैठकमा कोमल वलीको सेल्फी, भिडियो बन्यो भाइरल

एमाले संसदीय दलको बैठकमा कोमल वलीको सेल्फी, भिडियो बन्यो भाइरल

काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठकस्थलभित्रबाट कोमल वलीको सेल्फी भिडियो बाहिरिएपछि निकै चर्चामा छ । संसदीय दलको बैठकमा सांसद कृष्णभक्त पोखरेलले बोल्दै गर्दा वलीले खिचेको सेल्फी भिडियो अहिले निकै भाइरल बनिरहेको छ ।

वलीले यसरी भिडियो सार्वजनिक गरेपछि राजनैतिक वृद्धमा टिकाटिप्पणी सुरु भएको छ । पोखरेल उनै सांसद हुन् जसले प्रतिनिधिसभा विघटनको विपक्षमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस समेत गरेका थिए । लामो समयसम्म माधव नेपाल पक्षमा रहेका सांसद पोखरेल फर्किएर गरेको सम्बोधन यसरी रेकर्ड गरेर सामाजिक संजालमा पोस्ट गर्नुलाई नेपाल पक्षलाई ‘देख्यौ त !’ भन्न खोजेको रुपमा अर्थाउदै चर्चामा ल्याइएको छ ।

यो पनि- रिहानाले १ अर्ब ६० करोड रुपैयाँमा किनिन् भव्य महल

पपस्टार रिहानाले निकै महंगो मूल्यमा भव्य महल किनेकी छिन् । उनले १३.८ मिलियन डलर अर्थात १ अर्ब ६० करोड रुपैयाँमा यो भव्य हवेली किनेकी हुन् । रिहानाको यो हलेवी अमेरिकाको क्यालिफोर्नियास्थित बेवर्ली हिल्समा छ । बेवर्ली हिल्समा कैयौं बलिउड स्टारहरुको घर छ । यसलाई अमेरिकाका सबैभन्दा हाइप्रोफाइल क्षेत्रमध्ये एक मानिन्छ ।

१९३० को दशकमा बनेको यो भव्य हवेली २१ हजार ९५८ वर्गफुटमा फैलिएको छ । पाँच बेडरुमसहितको यो हवेलीमा सात वाशरुम छन् । यो हवेलीमा आधुनिक समयका साथै परम्परागत सामानहरु पनि छन् । यसमा ओपल एयर सेन्ट्रल कोर्टयार्ड, पूल, स्पा र फायरपिट्सको सुविधा छ । रिहानाको घरको किचन पनि उत्कृष्ट छ । उनको किचनमा आधाुकि प्रविधि र उपकरणहरु छन्

यो हवेलीलाई डेनियल स्टारले बेचेका हुन् । उनले यो हवेली २०१६ मा किनेका थिए । डेनियलले किनेपछि यो हवेलीमा धेरै परिवर्तन पनि गराएका थिए । यसअघि रिहाना आफ्नो लण्डनको हवेली सेलमा राख्दा पनि चर्चामा थिइन् । उनले यो हवेलीलाई आफूले किनेको मूल्य ४५ मिलियन डलरबाट घटेर ३८ मिलियन डलरमा सेलमा राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७