प्रवास

मलेसियामा रासायनिक ट्याङ्की सफा गर्दा २ नेपालीको मृत्यु, कामदार आन्दोलित

मलेसियामा रासायनिक ट्याङ्की सफा गर्दा २ नेपालीको मृत्यु, कामदार आन्दोलित

मलेसियाको सिन कावाङ प्लाष्टिक कम्पनीमा कार्यरत दुई नेपाली कामदारको ज्यान गएको छ । रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगरको ज्यान गएको हो ।

बिहीबार बिहान रासायनिक ट्याङ्की सफा गर्ने क्रममा रसायनको गन्धले बेहोस भएका यादव ट्याङ्कीभित्र खसेका थिए ।

यादवलाई उद्धार गर्ने क्रममा मगरको पनि मृत्यु असन पुग्यो । रसायनको अत्याधिक असरका कारण श्वासप्रवास बन्द भएर उनीहरुको ज्यान गएको त्यही कम्पनीमा कार्यरत हिरालाल तामाङले बताए ।

अहिले कामदारको सुरक्षा हुनुपर्ने, मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै कामदारले कम्पनीमा हडताल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस