प्रवास

नेपाली गीतमा अस्ट्रेलियन मोडेल भिक्टोरियाको अभिनय [भिडियोसहित]

नेपाली गीतमा अस्ट्रेलियन मोडेल भिक्टोरियाको अभिनय [भिडियोसहित]

अस्ट्रेलियाकी मोडेल भिक्टोरिया म्यानटिनलाइ पहिलो पटक नेपाली म्युजिक भिडिओमा देखिएकी छिन । अस्ट्रेलियामा बसेर फिल्म मेकिङ्ग सम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले ‘सुस्तरी’को भिडिओमा अस्ट्रेलियन मोडेल म्यानटिनलाइ पर्दामा उतारेका हुन् ।

‘सुस्तरी’को भिडिओलाई अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरूमा छायाङ्कन गरिएको छ । लामो समय देखि अस्ट्रेलियाको मेलबर्नमा बसेर सक्रिय रूपमा काम गर्दै आएका उनले धेरै अङ्ग्रेजी सर्ट फिल्म र टी भी शोहरुको निर्देशन गरेका छन् भने सँगै नेपाली भिडियो सम्बन्धी कामहरू पनि गरेका छन् ।

‘सुस्तरी’मा पहिलो नेपाल आइडलमा टप ५ की गायिका सुजाता पाण्डेको शब्द सङ्गीत र स्वर रहेको छ ।

नाकको छेउमा कोठी हुने व्यक्ति रहस्यमय, अरू ठाँउमा हुने कस्ता ?

सबै मानिसको शरीरमा काेठी हुन्छ। शास्त्रका अनुसार काेठि नभएकाे मान्छेले याे संसारमा जन्म लिन सक्दैन् भन्ने मान्यता रहेकाे छ ।गोरो अनुहारमा कालो कोठीले थप सुन्दरता निखारेर ल्याउँछ । तर कमैलाइ मात्र थाहा हुन्छ कि कुन अंगमा कोठी हुने व्यक्तिको स्वभाव कस्तो हुन्छ ।

भनिन्छ आँखाको तल कोठी हुनेहरु यस्ता व्यक्ति प्रेममा पागल हुन्छन् र धेरै सहयोगी जनि हुन्छन् ।
औँलामा कोठी भएका व्यक्तिहरु कार्यकुशल र न्याय प्रिय हुन्छन् ।

चोर औँलामा कोठी हुने व्यक्ति विद्दवान, गुणवान र धनवान हुन्छन् भने यिनिहरुका शत्रुहरु भने धेरै हुन्छन्।
दायाँ आँखाको कुनामा कोठी हुनेहरु अलि भावुक र दृढ स्वभावका हुन्छन् ।

माझि औँलामा कोठी भएकाहरु व्यक्तिहरुको जिवन शान्ति र सुखमय तरिकाले बित्छ ।
आँखाको तल नाकको छेउमा कोठी हुने मान्छे रहस्यमय हुन्छ र त्यस्ता व्यक्तिलाई बुझ्न गाह्रो हुन्छ ।

यदि कुनै मान्छेको नाकको फेदका कोठी छ भने त्यस्ता व्यक्ति कल्पनाशिल हुन्छन् र तिनिहरुको काम गर्ने शैली रचनात्मक हुन्छन्।
जसको देब्रे आँखामा कोठी हुन्छ, तिनिहरु झगडा गर्न तम्सिने र प्रेम पाउँन अपराध समेत गर्ने हुन्छन्।
बाँया आँखामा कोठी हुने मान्छेको दिमाग तेजिलो हुन्छ र कुटनितिक व्यावाहार गर्न सिपालु हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७