मनोरञ्जन

‘बोल्ड एण्ड ब्युटिफुल’ जेबिका [फोटो फिचर]

‘बोल्ड एण्ड ब्युटिफुल’ जेबिका [फोटो फिचर]

पोखरा- नायिका जेबिका कार्कीको नेपाली सिने जगतमा राम्रो चर्चा हुनेगर्छ र करियर भने भनेझै अघि बढ्न सकेको छैन । उनी पछिल्लो समय म्यूजिक भिडियोमा काम गरिरहेकी छिन् ।

केही चलचित्रमा काम गरेपनि उनको करिअर भने सुखद हुन सकेन । जेबिकाले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो कमाई नगर्दा उनको करियर भने झै अघि बढ्न सकेन । यसैले पनि उनी मेकरको रोजाइको नायिका भने बन्न सकेकी छैनन् ।

म्यूजिक भिडियोमा भने उनी व्यस्त देखिएकी छिन् । उनै, जेबिका केही दिन अगाडि काठमाण्डौमा आयोजना भएको नेफ्टा फिल्म अवार्डमा पुगिन् । यो अवार्डमा उनले नृत्य प्रस्तुती समेत दिएकी थिइन् ।

तर, अवार्ड समारोहमा उनी बोल्ड बनेर पुग्दा धेरैको ध्यान खिचिन् । ११ केजीको पहिरन लगाएर पुगेका कारण पनि जेबिकालाई पहिरन सम्हाल्नै धौ धौ परिरहेको थियो । भने उनले धेरैको ध्यान खिचेकी थिइन ।

उनि सामाजिक संजालमा पनि समान्य सक्रिय हुन्छिन् । जहाँ उनले समय समयमा सुन्दर तस्बिर शेयर गरेकी हुन्छिन् । हामीले उनका केहि सुन्दर तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७