Uncategorized

मालिक-सम्पादकको दबाबमा अन्नपुर्ण पोष्टका २८ पत्रकारले दिए सामुहिक राजीनामा

मालिक-सम्पादकको दबाबमा अन्नपुर्ण पोष्टका २८ पत्रकारले दिए सामुहिक राजीनामा

अन्नपुर्ण पोष्टमा कार्यरत २८ जना पत्रकारले राजीनामा दिएका छन् । माथीको निर्देशन भन्दै सम्पादक अखण्ड भण्डारीले पटक पटक सामुहिक राजीनामा दिन दबाब दिदै आएका थिए ।

२०७८ बैशाख ३ गते लागू हुनेगरी पत्रिकामा कार्यरत २८ जना पत्रकारहरुले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । जसमा एक वर्षदेखि २० वर्षसम्म काम गरेका पत्रकार छन्।

पत्रिका बन्द हुने भन्दै सम्पादक भण्डारी र कम्पनीका सिइयो मानस घिमिरेले राजीनामा दिन दबाब दिएको पत्रकारहरुको राजीनामा पत्रमा भनिएको छ । पत्रिका बन्द हुने विषयमा कम्पनीका अध्यक्ष क्पाप्टेन रामेश्वर थापाले पत्रकारहरुलाई सम्बोधन गर्ने आश्वासन सम्पादक भण्डारीले दिए पनि अहिलेसम्म त्यो हुन नसकेकाले राजीनामा दिएको पत्रकारहरुले बताएका छन् ।

राजीनामा दिने पत्रकारहरुले दशैंदेखि हालसम्म तलब भत्ता समेत नपाएको बताएका छन् । यो भन्दा अगाडी पनि अन्नपुर्ण पोष्टमा ठूलै कहल भएको थियो । कोरोना महामारीसँगै त्यसैको बाहनामा अन्नपूर्ण पोष्टले सम्पादकीय विभागमा कार्यरत ६ जना पत्रकारहरुको पारिश्रमिक रोक्नुका साथै कामबाट पनि जिम्मेवारी विहीन बनाएको थियो ।

लामो समयदेखि आग्रह गर्दा पनि पारिश्रमिक नदिने, काममा पनि नफर्काउने र महामारीका बेलासमेत पारिश्रमिक माग गर्दा पारिश्रमिक दिनुको साटो दुर्गम जिल्लाहरुमा सरुवा गरेपछि ६ जना पत्रकार न्यायका लागि महासंघ गुहार्न पुगेका थिए।अहिले उनीहरुले न्याय पाइसकेका छन् ।

राजिनामा दिने २८ जनाको नामावली

१. विनोद न्योपाने २. यम विरही ३. रामकृष्ण अधिकारी
४. कृष्णप्रसाद रिमाल ५. तिलक सापकोटा ६. प्रमोदकुमार गिरी

७. कृष्णप्रसाद मरासिनी ८. गोविन्द रेग्मी ९. खगेन्द्र भण्डारी
१०. उमा विष्ट ११. सुनिता कार्की १२. सूर्यप्रसाद पाण्डे
१३. अनन्त वाग्ले १४. दिनेश गौतम १५. अजवी पौडेल

१६. लिलाराज अधिकारी १७. टिका बन्धन १८. कृष्णराज चौधरी
१९. रामकृष्ण रानामगर २०. देवेन्द्र महत २१. सागर खड्का २२. सञ्जीव दाहाल

२३. कपिल रोकाया २४ माधव छिनाल २५. उपेन्द्र अर्याल
२६. विष्णु थापा २७. विनय बञ्जारा २८‍. दीपकराज घिमिरे

राजिनामा पत्र

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७