मनोरञ्जन

जव १५ वर्षको उमेरमा करीना एक युवकको प्रेममा ‘चुर्लुम्म डुबिन्’

जव १५ वर्षको उमेरमा करीना एक युवकको प्रेममा ‘चुर्लुम्म डुबिन्’

एजेन्सी – दोस्रो बच्चाको जन्म दिएकी बलिउडकी अभिनेत्री करीना कपूर यतिबेला चर्चामा छिन् । उनी गर्भ-वती भएको समयमा पनि उत्तिकै सक्रिय रहेकी थिइन् । उनी विभिन्न समयमा हुने अन्तरवार्तामा आफ्ना जीवनका रमाइलो पलहरु सेयर गर्ने गर्छिन् ।

यसैबीच, उनले आफ्नो पहिलो प्रेम-सम्बन्धको बारेमा खुलासा गरेकी छिन् । उनले आफू १५ वर्षको उमेरमा नै प्रेममा परेको बताएकी छिन् । उनले आफू बालापनमा निकै चन्चल भएको बताउँदै चन्चल भएको कारण आमाको गा ली धेरै खाएको समेत खुलाइन् । उनले आफूले गरेका व्यवहारका कारण आमाले उनीमाथि घेराबन्दी लगाएको समेत बताइन् ।

करीनाका अनुसार उनी दिदी करिश्मा कपूर उनीभन्दा ठूली भएकाले उनलाई घरबाट बाहिर खुलेआम हिँड्ने अनुमति थियो । उनले १४/ १५ सालको उमेरमा उनलाई एक युवक निकै मन पर्यो । करीनाले उक्त युवकसँग कुराकानी गर्नका लागि आफ्नो कोठामा फोन लु-काएकी थिइन् । उनको यस व्यवहारका कारण उनकी आमा बबीता कपूर निकै रिसाइन् ।

करीनाको हर्कतका कारण उनकी आमाले उनलाई कडा स्कुलमा भर्ना गरिदिइन् । जसका कारण उनी स्कुलमा कडा नियमकाबीच पढाई सुरु गरेकी थिइन् ।

यो पनि – आलिया भट्टको ‘सीता लूक्स’ दर्शकले अत्याधिक रुचाए

निर्देशक एसएस राजामौलीको निर्देशनमा बनिरहेको फिल्म ‘आरआरआर’ लाई प्रशंसकहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । प्रशंसकहरुको प्रतिक्षालाई कम गर्नका लागि अहिले फिल्मबाट आलिया भट्टको लूकलाई सार्वजनिक गरिएको छ ।आलियाको जन्मदिनमा उनको उक्त लूक सार्वजनिक गरिएको हो । यो फिल्ममा आलियाले सीताको भूमिकामा निर्वाह गरिरहेकी छिन् ।

उक्त लूकमा प्रशंसकहरुको प्रतिक्रिया पनि आउन थालिसकेको छ । फिल्ममा साउथका सुपरस्टार जूनियर एनटिआर र राम चरण जस्ता दिग्गज कलाकार छन् भने फिल्ममा अभिनेत्री आलिया भट्टको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

आरआरआरमा आलियाको फर्स्ट लूक निकै भव्य छ । आलिया भट्टको फर्स्ट लूक आउनासाथ सामाजिक सञ्जालमा प्रतिक्रियाहरु धेरै आएका छन् । उक्र लूक सार्वजनिक भएको १५ मिनेट भित्र ७० हजार भन्दा धेरै मानिसले आलियाको लूकलाई लाइक गरेका छन् ।

आलिया यो लूकमा उनी भारतीय परप्मरागत गेटअपमा अति नै सुन्दर देखिएकी छिन् । उनी रातो प्रिन्टेड ब्लाउजमा हरियो साडीमा देखिएकी छिन् । त्यस्तै नाकमा सानो रिङ, निधारमा टिका, घुम्रिएको कपाल र त्यसमा गजरा लगाएको पारम्परिक झलक प्रस्तुत गरेकी छिन् । जसमा उनको सुन्दरता निके खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७