समाचार

बिवादमा ‘दोहोरी च्याम्पियन’- कल्पना दाहाललाई बेइज्जत गरेको भिडियो भाइरल

बिवादमा ‘दोहोरी च्याम्पियन’- कल्पना दाहाललाई बेइज्जत गरेको भिडियो भाइरल

नेपालमा पहिलो पटक सुरु भएको ‘दोहोरी च्याम्पियन’ सुरु हुने बित्तिकै विवादमा आएको छ । यसका निर्णायकहरुले कलाकारको बेइज्जत गरेपछि यो विवादमा आएको हो । निर्णायक रहेका चन्द्र शर्माको सबैभन्दा बढी आलोचना भएको छ ।

चन्द्र शर्माले चर्चित लोक दोहरी गायिका कल्पना दाहाललाई भाइरल साइरन वाली भन्दै बेइज्जत गरेका थिए । उनले स्टेजमा भएकी कल्पनालाई नराम्रा शब्दहरू प्रयोग गरेर बेइज्जत गरेका थिए । चन्द्रको यो कामको सबैले आलोचना गरेका छन् ।

दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रूपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन् भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहेका छन् ।

कूल रु ३५ लाख राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् ।

हेर्नुहोस उक्त भिडियो क्लिप

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७