मनोरञ्जन

फ्यानको दिल धड्काउने टाइगर श्राफको ‘फिट बडी’ ! हेराैँ २० तस्बिर

फ्यानको दिल धड्काउने टाइगर श्राफको ‘फिट बडी’ ! हेराैँ २० तस्बिर

एजेन्सी- अभिनेता आयुष शर्मालाई टाइगर श्राफका फिटनेस ट्रेनर विक्रम स्वैनले तालिम दिने भएका छन्। फिल्मका लागी आयुषले १० देखि १२ किलोसम्म आफ्नो वजन बढाएका छन्। ।

त्यसो त टाइगर श्राफ पनि फिल्मका लागी दमदार शरीर बनाएका छन्। जिममा पसिना बगाउने होस् वा ब्यालेन्स डाइटको टाइगर प्रत्येक काम आफ्नो शेड्युलकासाथ गर्छन्। दैनिक आठ ओटा अण्डा खाने टाइगर चिकन र माछा खान्छन् भने जिममा उनी १९० वजन किलोसम्म उचाल्छन्।

सोमबारको दिन टाइगर श्राफ ब्याककालागि शारीरिक अभ्यास गर्छन्। पुल–अप्सको ४ देखि ८ रेप्सका १२ सेट्स गर्छन्। त्यसपछि ८० देखि ८५ किलो वजनसँग पुल–डाउन गर्छन्। त्यसपछि सय किलो वजनसँग लो र वन–आर्म डम्बलबेल रोल्स गर्छन्।

मंगलबार फ्लाट बेन्च इनक्लान बेच्न, डम्बल प्रेस, चेस्ट फ्लाईका चार देखि ८ रेप्सका १२–१२ सेट्स गर्छन्। बुधबार १९० केजी वजनसँग स्क्वाट्सका चार सेट्स गर्छन्। ९० केजी वजनकासाथ ह्यामस्ट्रिंग्सका चार सेट्स गर्छन्। ९० वजनसँग स्टेप–अप्सका चार सेट्स गर्छन्। बेयरबल्सका चार सेट्स गर्छन्।

बिहीबार बेयरबेल कल्र्स, डम्बल कल्र्स, रिवर्स कल्र्स, क्लोज कल्र्स, क्लोज ग्रिप बेयरबेल्स, प्रेस डाउन्स र स्कल क्र्याशर्ससँग १२–१२ सेट्स गर्छन्।शुक्रबार नी एण्ड शोल्डर प्रेस, मिलिट्री प्रेस, रेयर फ्लाइसका १२–१२ सेट्स र डम्बलका ६ सेट्स गर्छन्।शनिबार डेड लिफ्ट्स, स्क्वाट्स, नील एण्ड प्रेस र पुशअप्सका १२–१२ सेट्स गर्छन्।

आइतबार क्रंचेस, ह्याकिङ रिवर्स क्रंचेज, रिवर्स क्रंचेज, स्ट्याण्डिङ र सीट काल्फ प्रेसका १२–१२ सेट्स गर्छन्। उनले खानामाब्राउन राइस चिकन र माछासँग उमालेको तरकारी पनि खान्छन्। खाजामा उनी प्रोटीन युक्त खाजा खान्छन्। टाइगर न मदिरा सेवन गर्छन न चुरोट नै पिउँछन्। साथै ड्राई फ्रुट्स पनि खान्छन्।

पछिल्लो समय शारिरीक रूपमा निकै सुगठित टाइगरको सगठित शरिरले हजाराैँ फ्यानको दिल धड्काएको छ । खास गरेर युवती त झनै फिदा नै हुन्छन् । यसै क्रममा सामाजिक संजालबाट उनका केहि तस्बिर प्रस्तुत गरेका छाैँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७