राजनीति

राजनीतिलाई नयाँ मोड दिने निर्णय लिन शान्त ठाउँ खोज्दै सिन्धुली पुगे प्रचण्ड

राजनीतिलाई नयाँ मोड दिने निर्णय लिन शान्त ठाउँ खोज्दै सिन्धुली पुगे प्रचण्ड

पोखरा- ४ फागुन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै निर्णय लिनका लागि शान्त ठाउँमा पुग्ने गर्छन् । देशको राजनीतिलाई नयाँ मोड दिने निर्णयका लागि उनी एकान्तवास खोज्ने गर्छन् ।

यसपटक पनि प्रचण्ड सिन्धुलीतिर पुगेका छन् । उनी सिन्धुलीस्थित हरिबोल गजुरेलको गाउँ पुगेका छन् । त्यहाँ उनी रिफ्रेश हुन पुगेको बताइएको छ । यसपटक प्रचण्डले एकान्तमा गम्भीर चिन्तन गरेर निर्णयको तयारी गर्न लागेको उनी निकट स्रोतले बताएको छ ।

सत्ता समिकरणको गृहकार्य चलिरहँदा प्रचण्ड शहरको कोलाहालबाट टाढा शान्त ठाउँमा पुग्नुलाई अर्थपूर्ण मानिएको छ । उनले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट ह-टाउन कठोर निर्णय लिन लागेको बुझिएको छ ।

प्रचण्डले ओलीको बर्हिगमनका लागि काँग्रेस या जनता समाजवादी पार्टीबाट निर्णय भई आउने नेतालाई सघाउने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७