अर्थ

केटीएम बाइकको नयाँ मूल्यसूची सार्वजनिक, ३० हजारसम्म बढ्यो

केटीएम बाइकको नयाँ मूल्यसूची सार्वजनिक, ३० हजारसम्म बढ्यो

पोखरा – केटीएम मोटरसाइकलको केही मोडलको मूल्य वृद्धिसहित नयाँ मूल्यसूची सार्वजनिक भएको छ ।

कम्पनीले केही समय अगाडि नेपाली बजारसमा सबै मोडलको बीएस ६ भर्सन सार्वजनिक गरेको थियो । यससँगै कम्पनीले केटीएम ड्युक १२५ को विक्री भने बन्द गरेको छ । कम्पनीका अनुसार ड्यूक २०० र १२५ मूल्य समान जस्तै रहेका कारण १२५ को विक्री बन्द गरिएको हो ।

नयाँ मूल्यसूची अनुसार केटीएम ड्यूक २५० को मूल्य २० हजार रुपैयाँले बृद्धि भएको छ । यसअघि यसको मूल्य ६ लाख ५४ हजार ९०० रुपैयाँ रहेको थियो भने हाल ६ लाख ७४ हजार ९०० रुपैयाँ तोकिएको छ । त्यस्तै ड्युक २०० मा ५ हजार रुपैयाँ मूल्य वृद्धि भएको छ । यसअघि यसको मूल्य ५ लाख ३९ हजार ९०० रुपैयाँ रहेका थियो भने हाल यसको मूल्य ५ लाख ५४ हजार ९०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै यसअघि ६ लाख ४९ हजार ९०० रुपैयाँ रहेका ड्युक ३९० को मूल्य हाल ८ लाख ७९ हजार ९०० रुपैयाँ पुगेको छ । त्यसैगरि आरसी ३९० को मूल्यमा २५ हजार रुपैयाँ वृद्धि भएको छ । यसको नयाँ मूल्य ८ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीले आरसी २०० मा ५ हजार रुपैयाँ मूल्य वृद्धि गरेको छ । यसको नयाँ मूल्य ६ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ । कम्पनीले केटीएम एड्भेन्चर ३९० को मूल्य भने ९ लाख ९९ हजार ९०० रुपैयाँ यथावत नै राखेको छ भने केही दिनमा सार्वजनिक हुँदै गरेका एड्भेन्चर २५० मूल्य ७ लाख ४९ हजार ९०० रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७