मुख्य समाचार

लमजुङमा चट्याङ्गबाट १८ वर्षे युवकको मृत्यु

लमजुङमा चट्याङ्गबाट १८ वर्षे युवकको मृत्यु

पोखरा- लमजुङको क्व्होला सोथार गाउँपालिका ४ मा परेको अविरल वर्षा, हावाहुरी सहितको चट्याङ्गमा परेर एकजनाको निधन भएको छ । दुई जना घाइतेलाई हेलिकप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।

श्री त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने १८ वर्षिया विनोद विश्वकर्माको उपचारको क्रममा निधन भएको हो । चट्याङ्गबाट गम्भीर घा-इते भएका विश्वकर्मालाई प्रभु हेलिकप्टरबाट आकस्मिक उद्धार गरेर पोखराको मणिपाल अस्पताल पुर्‍याएपनि चिकित्सकहरूले मृत घोषणा गरे ।

गम्भीर घाइते भएका २ जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अन्य सामान्य घाइते भएकाहरूको स्थानीय तहमै उपचार भइरहेको क्व्होला सोथार गाउँपालिकाको कार्यपालिका सदस्य गमी गुरुङले जानकारी दिइन् ।

तस्बिर : दिलु गुरुङ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७