मनोरञ्जन

रातो पहिरनमा ‘धपक्क’ जान्हवी (फोटो फिचर)

रातो पहिरनमा ‘धपक्क’ जान्हवी (फोटो फिचर)

बलिउड अभिनेत्री जान्ह्वी कपूरको सुन्दरता र उनको सुन्दर तस्वीरको सदा चर्चा हुनेगर्छ । जान्ह्वी फ्यान माझ अभिनयका अलावा आफ्नो सुन्दरताका कारणले पनि चर्चामा हुने गर्छिन् ।

बलिउडकी दिग्गज अभिनेत्री श्रीदेवी एवं फिल्म निर्माता बोनी कपुरकी छोरी जान्हवी कपुरलाई अब कुनै परिचयको आवश्यक पर्दैन । उनले फिल्म इन्डस्ट्रीमा लगातार सफलता प्राप्त गर्दै अघि बढेकी छन् ।

यसैबीच उनको केही तस्वीर फेरी चर्चामा आएका छन् । सामाजिक सञ्जालमा सामान्य सक्रिय रहने जान्हवीले रातो ड्रेसमा तस्बिर अपलोड गरेर सामाजिक सञ्जाल तताएकी छन् । उनले उक्त तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेकी हुन् ।

यो पनि – टाइगरकी प्रेमिका बन्दै सारा

बलिउड अभिनेता टाइगर श्राफ नयाँ फिल्म बागी ४ मा अनुबन्धित भएका छन् । बागीको तेस्रो शृंखला पनि सफल भएपछि बागी–४ बनाउने घोषणा गरिएको थियो । यो फिल्ममा पनि विगतका तीन शृंखलाजस्तै नायकको रूपमा टाइगर श्राफ नै अनुबन्धित भएका छन् । यो फिल्ममा टाइगरको नायिकाको रूपमा सारा अली खान अनुबन्धित भएकी छन् । यो फिल्ममा यसअघि दिशा पटानी नायिकाको रूपमा अनुबन्धित हुने चर्चा थियो । तर, निर्माता साजिद नाडियाडवालाले यसमा सारा अली खानलाई अनुबन्धित गरेका हुन् ।

अभिनेत्री सारा पहिलोपटक टाइगरसँग यो फिल्ममा जोडिएकी हुन् । यसअघि सारा र टाइगरले फिल्म हिरोपन्ती–२ मा काम गर्ने भनिएकोमा सो फिल्ममा अन्य नायिका राखिएको थियो । साजिदले हिरोपन्ती–२ मा उनलाई राख्न राख्न नपाएपछि यतिबेला बागी–४ मा अनुबन्धित गरेको बताएका छन् ।राजधानि दैनिकमा खबर छ ।आफू बागी–४ का लागि निकै उत्साहित रहेको अभिनेत्री साराले बताएकी छन् । यो ए क्सन प्रधान फिल्मका लागि आफूले सोहीअनुसारको तयारी गरेको पनि उनले बताएकी छन् ।

फिल्म बागीको पहिलो शृंखला २०१६ मा बनेको थियो । बागी हिट भएपछि अभिनेता टाइगरकै अभिनयमा फिल्म बागी–२ र बागी–३ निर्माण गरिएको थियो । बागीका–३ वटै शृंखला हिट भएपछि बागी–४ को निर्माण गर्न लागिएको हो । यो फिल्म अब छायांकनमा जानेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७